बगरको तरकारी उत्पादनबाट मनग्य आम्दानी

बरहथवा(सर्लाही), ९ साउन : सर्लाहीको बागमती नगरपालिका–१२ का गोपाल घिसिङ हिजोआज बागमतीको बगरमा परवल टिप्नमा ब्यस्त हुनुहुन्छ । घिसिङ जस्तै बागमती नगरपालिकाका सयौँ किसान हरेक स्थानीय बजारको दिन बिहानै खेतमा परवल टिप्न पुग्छन् । बागमती बगरमा परवल टिप्ने किसानको सङ्ख्या अत्यधिक छ । कोही बाल्टिन लिएर र कोही बोरामा परवल टिपिरेहका छन् । परवल बजारसम्म पु¥याउन उनीहरुलाई भ्याइनभ्याइ भइरहेको छ ।

केही समय पहिलासम्म बालुवाको थुप्रोको रुपमा रहेको बगरमा अहिले तन्न परवल उत्पादन गरिएको छ । नदी उकास बगरमा विपन्न किसान परवल उत्पादन गरिरहेका छन् । वैदेशिक रोजगारका लागि पाँच वर्ष मलेसिया बसेर एक वर्ष अघि मात्र घिसिङ नेपाल फर्कनुभएको हो । नेपालमा केही समय बसेपछि फेरि विदेश फर्कने उहाँको योजना थियो । तर परवलको आम्दानीले अब उहाँ विदेश नजाने सोचमा हुनुहुन्छ ।

छिमेकीले परवल उत्पादन र बिक्रीबाट गरेको मनग्य आम्दानी थाहा पाएपछि घिसिङ पनि तरकारी उत्पादनमा लाग्नुभएको हो । नेपालमै विदेशको सरह मेहनत गरे कमाइ पनि विदेशमा सरह हुने रहेछ भन्ने उहाँलाई विश्वास लाग्यो । उहाँले भन्नुभयो, “विदेशमा जस्तै काम गर्ने हो भने, घर परिवारसगँै बसेर परिवार मज्जाले पाल्न सक्छु भनेर परवल खेतीमा लागे ।”

विदेशको कमाइसगँ बागमती बगरको परवल खेतीको हिसाबकिताब गर्दा परवल खेतीले जितेपछि विदेश नजाने निर्णयमा पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘बागमती बगरमा पसिना मिसाउने सङ्कल्प गरेँ, परिवारको समेत साथ पाएपछि बगरको खेतीले फेरि विदेश सम्झनु परेको छैन ।’’

घिसिङले परवल खेतीसगँै दूध उत्पादनका लागि पशुपालन समेत गरिरहनु भएको छ । उहाँले झण्डै १० कठ्ठा बगरमा परवल खेती गर्नुभएको छ । परवल खेतीबाट मात्र वर्षमा सबै खर्च कटाएर रु सात लाखसम्म कमाइ हुने उहाँको दाबी छ । परवल किलोको रु १० देखि रु १०० सम्ममा बिक्री हुने गरेको उहाँको भनाइ छ । अन्य खेतीबाट पनि मेहनत अनुसारको कमाइ भइरहेको घिसिङले बताउनुभयो ।

बागमती नगरपालिका–४, का धनबहादुर लामाले पनि विगत पाँच वर्षदेखि परवल खेती गरिरहनुभएको छ । स्थानीयको खेती देखेरै आफू पनि परवल खेतीमा आकर्षित भएको उहाँको भनाइ छ । मौसम १० कठ्ठामा एक बजारमा ३५०० किलोसम्म परवल टिपेर बेचेको उहाँले बताउनुभयो ।

परिवारमा आर्थिक उपार्जनको कुनै उपाए नभएका उनलाई पनि बगरमा सुरु गरेको परबर खेतीले नै भर दिएको छ । काँश र अन्य घाँसले ढाकेको यस बगरलाई बागमती नगरपालिकाको पहलमा सुकुम्वासी किसानलाई व्यवस्थित ढङ्गले बाँडेर खेती गर्न दिएको हो । त्यसयता मेहनतमा रमाउने किसानका लागि बगरमा परवल खेती कमाइको बलियो आधार बनिरहेको छ । नगरपालिकाको पहलमा बागमती नदीले छाडेको चार सय बिघा क्षेत्रफलमा एक हजार आठ सय परिवारले खेती गर्ने गरेका बागमती नगरपालिका–४ का वडाध्यक्ष कृष्णकुमार लामाले जानकारी दिनुभयो । बगर खेतीले विपन्न सुकुम्वासी परिवारलाई दैनिक हातमुख जोड्न निकै सहज भइरहेको उहाँको भनाइ छ ।
–––

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 25 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि