सौर्य विमान दुर्घटनाका मृतकको आजसम्म पोस्टमार्टम सक्ने तयारी

काठमाडौँ। सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने सबै १८ जनाको बिहीबार अबेरसम्म लगाएर भए पनि पोस्टमार्टम सक्ने तयारी भएको छ।

त्रिवि शिक्षण अस्पतालमा मृतकहरूको पोस्टमार्टम भइरहेको छ। बिहीबार साँझसम्म पोस्टमार्टम सक्ने चिकित्सकहरूले बताएका थिए।

पोस्ट मार्टमपछि सनाखतका लागि मृतकका आफन्तले भरेको विवरण ‘म्याच’ गरिने छ। त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार मृतकका परिवारलाई बुधवार मृतकहरूको हुलिया, उनीहरूले घरबाट निस्कँदा लगाएको कपडालगायत खुल्ने गरी फर्म भर्न लगाएको थियो।

बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान आधा मिनेट पनि नहुँदा विमानस्थल परिसरमा दुर्घटना भएको थियो।

मर्मतका लागि पोखरा लैजान लागिएको विमानमा चालक दलका दुई सदस्यसहित १९ जना सवार थिए। पाइलट मात्र बाँचेका हुन्। उनी खतरामुक्त छन्।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 88 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल