यसरी जोगिन सकिन्छ डेँगुबाट

काठमाडौँ- अहिले डेंगु संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । काठमाडौं, ललितपुर लगायतका ठूला शहरमा पनि डेँगुको संक्रमण फैलिँदा यसले महामारीको रुप लिने हो कि भन्ने त्रास पनि पैदा गरेको छ ।

टोलटोलमा डेँगुको संक्रमण फैलिरहेकाले यसको भय आम मानिसमा परिरहेको छ । वि.सं. २०१९ मा जस्तो डेँगुको संक्रमण अहिले पनि दोहोरिन्छ कि भनेर आशंका गरिएको छ भने सरकारले पनि सबैलाई सचेतता अपनाउन आग्रह गरिरहेको छ ।

वर्षायामको समयमा कैयन् संक्रामक रोगहरुको भय हुन्छ। यतिबेला डेँगु, हैजा, स्क्रब टाइफस, फ्लू लगायत संक्रामक, किटजन्य तथा पानीजन्य रोगहरु बढ्न थाल्दछन् । अर्कोतर्फ कोभिड संक्रमण त छँदैछ । अहिले प्रायः सबैजसो रोगहरुको लक्षण मिल्दोजुल्दो हुनाले धेरै जना झुक्किने सम्भावना हुने चिकित्सकले बताएका छन् ।

अहिले देखिएको ओमिक्रोन भेरिएन्टमा मध्यम लक्षण देखिन्छ जुन रुघाखोकी तथा फ्लूका लक्षणसँग एकदम समान छ ।

फ्लू, रुघाखोकी, कोभिडको लक्षण उस्तै उस्तै हुने भएकाले बिरामीलाई के भएको हो भन्ने पत्ता लगाउन समस्या उत्पन्न हुने गर्छ । उता डेँगुका केही लक्षणहरू पनि यी रोगहरुसँग मिल्दछ । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, जिउ दुख्ने, आलस्य महसुस हुने, वाकवाकीलगायतका लक्षण कोभिड र फ्लूका साझा लक्षण हुन् ।

यस्तो अवस्था देखिएमा तुरुन्तै अस्पताल गएर डाक्टरको सल्लाह लिनुपर्छ ।

डेँगु फैलाउने लामखुट्टे दिनमा बढी सक्रिय हुने भएकाले संक्रमित हुने सम्भावना पनि दिनमा नै बढी हुने गर्छ ।

सेतोकालो जेब्रा लामखुट्टेु भएकोले जो कोहीले सहजै डेंगु फैलाउने लामखुट्टेको पहिचान गर्न सक्दछन् । जम्मा गरेर राखिएको सफा पानीमा यो लामखुट्टेको जीवनचक्र सहज हुने भएकोले घरभित्र वा घर वरिपरि तथा आफ्नो कार्य थलो वरिपरि पानी संकलन हुने वातावरण सिर्जना हुन दिन नहुने चिकित्सकहरू बताउँछन् ।

यस्तै प्लास्टिक, ड्रम, बाल्टिन, गाडीका फालिएका टायर आदिमा लामो समयसम्म पानी संकलन हुने हुँदा लामखुट्टे त्यस्ता ठाउँहरुमा बढी देखिने गर्दछ । र जहाँ लामखुट्टे बढी हुन्छ । देखिन्छ त्यहाँ डेंगु फैलने सम्भावना पनि बढी हुने सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुन बताउँछन् ।

अचानक ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीर र जोर्नीमा अत्यधिक दुखाइ हुने, शरीरमा स–साना बिबिरा देखिनु, चिलाउनु, वाकवाक वा वान्ता हुनु डेंगुका मुख्य र शुरुवाती लक्षणहरू हुन् । संक्रमण भएको ४ देखि १० दिनसम्ममा संक्रमितमा लक्षणहरू देखिने गर्दछ । तर संक्रमितमध्ये ७५ प्रतिशतमा भने लक्षणहरू नदेखिन पनि सक्दछ ।

डेँगुका संक्रमितमा खासगरी टाउको र शरीरका मांशपेशीमा अत्यधिक पिडा हुने, उच्च ज्वरो आउने हुन्छ भने आँखाको गेडी खस्ला जस्तो हुने र दुख्ने समेत गर्छ ।

चिकित्सकका अनुसार वाकवाक वा बान्ता हुने पनि हुन्छ र दिसा पातलो हुने या पखाला लाग्ने समस्या देखिन्छ । साथै भोक नलाग्ने समस्या पनि देखा पर्छ ।

यस्ता लक्षणहरू देखिए डेंगु संक्रमण हुन सक्दछ । सामान्यतय डेँगु संक्रमितले घरमै चिकित्सकको परामर्शमा स्वास्थलाभ पनि गर्न सक्छ तर यस्ता लक्षणहरू देखिए भने तुरुन्त अस्पताल जान डाक्टर पुनको सुझाव छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 99 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 124 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 56 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल