बारेकोटको लक्ष्यः सबै घरमा खानेपानी, सुत्केरीलाई निःशुल्क यातायात

काँक्रेविहार (सुर्खेत), १३ साउनः जाजरकोटको बारेकोट गाउँपालिकाले मानव र पशु घर अलग बनाउनेदेखि गर्भवती तथा सुत्केरीलाई निःशुल्क यातायात सेवासम्मका नीति कार्यान्वयनलाई तीव्रता दिएको छ । ‘मानव, पशु अलग घर’कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा यी कार्यलाई निरन्तरता दिएको हो ।

मानव र पशुचौपाय एकै घरमा रहँदा मानव स्वास्थ्यमा समस्या पर्न सक्ने भन्दै गाउँपालिकाले यो नीति लिई काम थालेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिनुभयो । वर्षौँदेखि पशु चौपाय र मानिसहरु एकै घरमा रहँदै आएकामा यसले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै अब पशुघर (गोठ) अलग बनाउनुपर्ने नीति कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो । स्वास्थ्य तथा सरसफाइका हिसाबले पनि यो सकारात्मक पहल रहेको उहाँको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका, गोठ अलग बनाएर पशुपालन गर्न नसक्ने स्थानीय पालिकाले सहयोग गर्ने जनाएको छ । विद्यार्थीलाई सुरक्षित रुपमा बस्नका लागि ५१ वटा सामुदायिक विद्यालयमा फर्निचर उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । सडक निर्माणमा सक्रियाता पालिकाले आर्थिक वर्ष २०८०/८१ मा दुई हजार तीन सय ५० मिटर नयाँ सडक निर्माण गरेको प्रगति विवरणमा उल्लेख छ । दुई हजार पाँच सय मिटर सडक स्तरोन्नति, एक सय ५० मिटर सडक आरसिसी ढलान गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार ५० मिटर सडकमा मेसिनरीवाल र एक हजार पाँच सय ७० ठाउँमा ग्याविनजाली लगाइएको छ । “पालिकामा विद्युतीकरण गर्न ५० ठाउँका सडकको छेउछाउमा फलामेपोल गाडेर विद्युत् सेवा सञ्चालन गरिएको छ । भेरी करिडोरबाट नलगाड नगरपालिका हुँदै आउने खण्डले बारेकोटलाई जोड्दछ”, अध्यक्ष गिरीले भन्नुभयो, “खलङ्गा हुँदै कुशे गाउँपालिकाको पाँचकाटियाँबाट नलगाडका केही वडा जोड्दै बारेकोटको रामीडाडाँबाट अर्को सडक जोडिन्छ । बारेकोटको सबै पालिकामा यातायातको पहुँच विस्तार भएको छ ।” सुत्केरीलाई निःशुल्क यातायात सेवा गाउँपालिकाले यहाँका सबै सुत्केरीलाई सही समयमा स्वास्थ्य संस्था पुग्नका लागि एकतर्फी यातायात सेवा निःशुल्क गरेको छ । एक ठाउँबाट अर्को ठाउँमा जान धेरै समय लाग्ने, असहज परिस्थितलगायत कारणलाई ध्यान दिँदै पालिकाले सुत्केरीलाई स्वास्थ्य चौकी पुग्न समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क यातायातको व्यवस्था गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । सुत्केरीलाई पालिका बाहिर लिएर उपचार गर्नुपरेमा एकतर्फी यातायात दर्च पालिकाले व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पालिकाले मातृ तथा नवशिशु मृत्युलाई शून्यमा झार्ने उद्देश्यसहित सुत्केरी ओसारपसार गर्न निःशुल्क प्रसूति सेवा एम्वुलेन्स प्रदान गर्ने नीति लिएको छ । सुत्केरीलाई न्यानो कपडा र पोसिलो खाना उपब्ध गराउन पालिकाले यस्तो व्यवस्था गरेको स्वास्थ्यकर्मी राममाया गिरीले बताउनुभयो । प्रदेश सरकारसँगको समन्वयमा पालिकाले गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकको स्वास्थ्य अवस्था जाँच्ने नीति लिएको छ । दीर्घरोगी र जटिल प्रकृतिका रोग लागेर उपचार गर्न नसक्नेलाई आर्थिक सहायता उपलब्ध गराउनेनीति लिइएको बताउँदै अध्यक्ष गिरीले पालिकाको कार्यविधिमा भएको व्यवस्थाअनुसार सहयोग गरिने उल्लेख गर्नुभयो । यातायातको सहज पहुँच वृद्धिसँगै नागरिकको उपचारमा पहुँच पु¥याउन यस्तो नीति लिइएको उहाँको भनाइ छ । खानेपानीका मुहान संरक्षणमा जोड बारेकोट–१, २, ५ र ७ मा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत चार सय ६५ घरमा धारा जडान गरेको तथ्याङ्क पालिकाले प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ । चालु आवमा पालिकाका सबै ठाउँमा आनेपानीका धारा पु¥याउने योजना सफल बनाइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पानीका मुहान संरक्षण गर्ने नीतिसमेत अवलम्बन गरेको छ । ठाउँठाउँमा सडक निर्माण तथा जङ्गल फँडानी भएपछि पिउने पानीका मुहानमा समस्या परेको भन्दै पालिकाले मुहान संरक्षणका लागि नीति बनाई काम थालेको अध्यक्ष गिरीले जानकारी दिनुभयो । “जल उत्पन्न प्रकोप व्यवस्थापन नीति पालिकाले निर्माण गरेको छ । पालिकाले सबैका घरमा शुद्ध पानी पिउने वातारण सिर्जना गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । प्रथम पञ्च वर्षीया योजना पूरा भएको जनाउँदै अध्यक्ष गिरीले अधुरा काम कार्यान्वयन गर्न नयाँ योजना निर्माण गरिने बताउनुभयो । बारेकोटमा नलगाड जलविद्युत् आयोजना निर्माणस्थलका साथै नलगाड नदीको उद्गमस्थल पर्दछ । जङ्गल, जमिन र जडीबुटीको सम्भावना रहेको बारेकोट जिल्लाकै उत्कृष्ट पर्यटकीयस्थलमा रुपमा परिचय बनाउँदै आएको छ । कूल ४९ करोड २३ लाख रकम बजेट विनियोजन गरेको बारेकोट गाउँपालिकाले हालसम्म २१ ऐन, एउटा नियामावली, ३४ कार्यविधि, १४ निर्देशिका र तीनवटा नीतिनिर्माण गरेको जानकारी दिएको छ । अन्य कानुन निर्माण जारी रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

  • Related Posts

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 98 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल