साढे सात क्वीन्टल बढी गाँजा बरामद

मध्यविन्दु (नवलपरासी), १४ साउनः भारतीय कन्टेनरमा साढे सात क्वीन्टलभन्दा बढी गाँजा तस्करी गर्दै गरेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट भारतीय ट्रक पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत देवचुली नगरपालिका–२ हमाल चोकबाट गाँजा तस्करी गर्दै गरेका ट्रक र ट्रकलाई स्कटिङ गर्दै आइरहेको कारमा सवार दुई जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले जाँच गर्ने क्रममा एनएल ०१ ५५४४ नम्बरको भारतीय कन्टेनरमा सामान राख्ने स्थान (क्यारी) र क्याबिनको बीच भागमा फल्स बटन बनाइ कन्टेनरको भित्ता जस्तै गरी वेल्डिङ गरेको भागलाई फोडेर हेर्दा २४ बोरामा सात सय ६९ किलोगाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो । ट्रकलाई स्कटिङ गरी आउँदै गरेको बागमती प्रदेश ०१–०२६–च ५१५९ नम्बरको कारलाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार गाँजा बोकेको ट्रकका चालक चितवन जिल्ल राप्ति नगरपालिका–३ का ३३ वर्षका मदन लामा र राप्ति नगरपालिका–१ का ३२ वर्षीय दिनेश लामा पक्राउ परेका छन् ।

“गाँजासहितको भारतीय कन्टेनर पूर्वपश्चिम राजमार्ग हुँदै भारततर्फ जाँदै गरेको गोप्य सूचनाका आधारमा उक्त परिमाणमा गाँजा भेटिएको हो”, उहाँले भन्नुभयो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 89 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल