अझै बनेन लेखनाथको बहुउद्देश्यीय ‘कभर्ड हल’

गण्डकी, १४ साउन (रासस) : आठ वर्षअघि पोखराको लेखनाथ रङ्गशालामा निर्माण थालिएको बहुउद्देश्यीय ‘कभर्ड हल’ बीचमै अलपत्र परेको छ । तीन वर्षदेखि कभर्ड हल निर्माण ठप्प अवस्थामा छ । बनेका संरचना पनि जीर्ण बन्न थालेका छन् ।

पोखरा महानगरपालिका–२९ भण्डारढिकमा निर्माणाधीन उक्त कभर्ड हल बजेट अभावमा अलपत्र परेको हो । निर्माण समितिका अध्यक्ष सुवास खड्काले पछिल्ला दुई आवमा कभर्ड हललाई कतैबाट पनि बजेट नपरेको बताउनुभयो । पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश छन् ।

“बजेट नभएका कारण कभर्ड हल निर्माण रोकिएको हो,” अध्यक्ष खड्काले भन्नुभयो । पोखरा महानगरसहित सङ्घ र प्रदेश सरकारबाट बजेट ल्याउन समितिले प्रयास गरेपनि सम्बन्धित निकायबाट सुनुवाई नभएको उहाँको भनाइ छ । अहिलेसम्म कभर्ड हलमा रु एक करोड दस लाख खर्च भइसकेको निर्माण समितिले जनाएको छ ।

आव २०७४÷०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्टिएको रु ११ लाख बजेटबाट कभर्ड हलको निर्माण सुरु गरिएको थियो । त्यसयता राष्ट्रिय खेलकुद परिषद्को रु. ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको रु २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु २५ लाख बजेट खर्च भइसकेको छ ।

उक्त बजेटबाट कभर्ड हलमा भुइँतलाको पिलर र गारो लगाउने काम भएको छ । “सबै संरचना तयार गर्न अझै तीन करोड जति बजेट लाग्छ”, अध्यक्ष खड्काले भन्नुभयो, “भलिबलदेखि मार्सल आर्टलसम्मका प्रायः सबै ‘इन्डोर’ खेललाई हुने गरी कभर्ड बनाउन लागिएको हो ।” कभर्ड हल नहुँदा खेलाडी खुला चौरमा खेल्न बाध्य छन् । प्रशिक्षक हेमन्त विकले सात वर्षदेखि खुला आकाशमुनि कराते सिकाउँदै आएको सुनाउनुभयो ।

“घाँसे मैदानमा प्रशिक्षण चलाउनुपर्ने बाध्यता छ, कभर्ड हल छैन, बर्खामा ट्रयाक हिलाम्मे हुँदा खेलाडी दौडन पनि पाउँदैनन्”, विकले दुःखेसो पोख्नुभयो, “रङ्गशाला मात्र भनेर के गर्ने खेल पूर्वाधार छैन ।” बहुउद्देशीय कभर्ड हल ४५ मिटर लामो र २६ मिटर चौडा हुने गरी निर्माण सुरू गरिएको थियो । सुरुमा रु तीन करोडको बजेट अनुमान गरिए पनि महँगीका कारण अब लागत पनि बढ्ने भएको छ ।

नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता पोखरामा हुँदा राखेप सदस्य सचिव टङ्कलाल घिसिङले उक्त कभर्ड हलको अवलोकन गरी बजेटका लागि पहल लिने आश्वासन दिनुभएको थियो । प्रदेश सरकारका प्रतिनिधिले पनि पटकपटक बजेटको कमी हुन नदिइने बताउँदै आएका छन् । तर बजेटकै कारण महत्त्वपूर्ण खेल पूर्वाधार वर्षौँदेखि अलपत्र छ । कभर्ड हलमा हालसम्म भएको लगानी यसै खेर जाने हो कि भन्ने चिन्ता स्थानीय खेलप्रेमीहरूलाई छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलगायत खेल क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थाले बजेट नभएर कभर्ड हल अलपत्र परेपछि तीनै तहका सरकारको ध्यानाकर्षण गराइएका थिए । लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाई गर्नुपर्ने स्थानीयवासीको माग छ ।

खेलाडी उत्पादनदेखि र खेल गतिविधि सञ्चालनका लागि लेखनाथ रङ्गशाला उपुयक्त ठाउँमा रहेकाले पूर्वाधारमा राज्यले लगानी गर्नुपर्ने अध्यक्ष खड्काको भनाइ छ । रङ्गशालामा भएका अन्य खेल पूर्वाधारको पनि उचित रेखदेख र संरक्षण हुन नसकेको स्थानीयवासीको गुनासो छ ।
–––

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 91 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल