पहिरोका कारण सार्कीबारा बस्ती नै जोखिममा

रुकुम, १४ साउनः रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको एक बस्ती पहिरोको जोखिममा परेको छ । लगातार भएको वर्षाका कारण आइतबार राति वडा नं १२ को सार्कीबारा बस्तीमुनि ठूलो पहिरो खसेको छ ।

वडाध्यक्ष खम्मे कुसारीले गिजागाड खोलाको बाढीका कारण गएको पहिराले चार घर भत्किएका जानकारी दिनुभयो । उहाँकाअनुसार स्थानीय नन्दे सार्की, अलबहादुर सार्की, मनबहादुर सार्की र अर्जुन सार्कीको घर पहिरोमा भत्किएका हुन् । पहिरोले बस्ती नै जोखिममा परेपछि १० घरपरिवारलाई वडा कार्यालयमा सारिएका छन् । गिजागाड खोला र पहिरो गएको स्थानका १० घर उच्च जोखिममा रहेका र पहिरोभन्दा माथिल्लो भागमा रहेको सम्पूर्ण बस्ती नै जोखिममा रहेको वडाध्यक्ष कुसारी बताउनुभयो । खोलामा पानीको सतह नघटेकाले बस्तीमा जान नसक्दा क्षतिको विवरण समेत सङ्कलन गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । मनसुन सुरू भएयता यस वडामा चार जनाको मृत्यु भइसकेको छ । गत साउन १ गते बिहान बाढीले टहरा पुरिँदा तीन बालिकाको मृत्यु भएको थियो भने साउन ३ गते खोलामा आएको बाढीले बगाएर एक पुरुषको ज्यान गएको थियो । यहाँ एक जना अझै बेपत्ता छन् ।

भूकम्पका बेला पनि जिल्लाको आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको थियो । त्यसयता वर्षाको समयमा नगरपालिकाका विभिन्न ठाउँमा पहिरो र बाढीले दुःख दिने गरेको नगरप्रमुख रवि केसीले जानकारी दिनुभयो । नगरपालिकाले ७५ ठाउँलाई पहिरो र बाढीको उच्च जोखिम क्षेत्रको सूचीमा राखेको छ ।

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 26 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 15 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 29 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि