गौरीटारमा तयार हुँदै दोस्रो ठूलो रंगशाला

संघीय सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा चार दशकदेखि अलपत्र रहेको गौरीटार रंगशाला निर्माणमा प्रदेश सरकारले अगुवाइ गरेसँगै गति लिएको छ।

बागमती प्रदेशको राजधानी हेटौंडामा निर्माणाधीन गौरीटार रंगशालाले गति लिएको छ। चार दशकदेखि अलपत्र रहेको रंगशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ।

बागमती प्रदेश सरकारले बनाइरहेको हेटौंडा-६ स्थित गौरीटार रंगशाला काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालापछि दोस्रो ठूलो फूटबल मैदान हुनेछ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रंगशाला निर्माण भइरहेको बागमती प्रदेश खेलकूद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले बताए।

निर्माणाधीन गौरीटार रंगशाला। तस्वीरहरू : सरिता दाहाल/हिमालखबर
रंगशाला निर्माणको करीब ९५ प्रतिशत काम पूरा भएको छ। “फूटबल रंगशाला निर्माणको कार्य लगभग अन्तिम चरणमा पुगेको छ,” उनले भने, “गत आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेका थियौं। केही ढिलो गरी चालू आर्थिक वर्षको पहिलो चौमासमा सम्पन्न हुनेछ।”

२३ बिघा क्षेत्रफलमा रहेको रंगशाला निर्माणमा करीब पाँच अर्ब रुपैयाँ लाग्ने अनुमान छ। यसमा फूटबल मैदानसँगै पौडी पौखरी, क्रिकेट, एथलेटिक्सका लागि पूर्वाधार, फिटनेस सेन्ट्रर लगायत २१ वटा खेल संरचना निर्माण हुनेछन्।

रंगशालाभित्र खेलाडीका लागि छुट्टै कोठाहरू, आवासगृह, शौचालय, मिडिया सेन्टरका लागि विशेष कक्ष, प्रतियोगिता सञ्चालनको क्रममा हुन सक्ने सम्भावित दुर्घटना र खेलाडीलाई लाग्न सक्ने चोटपटकको उपचारका निम्ति चिकित्सक बस्ने छुट्टै कक्ष लगायत थुप्रै पूर्वाधार बन्नेछ।

फूटबल रंगशालामा चार हजार ५०० दर्शक क्षमताको प्याराफिट निर्माण भइरहेको छ। रातको समयमा समेत फूटबल प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी काम भइरहेको उनको भनाइ छ। फूटबल रंगशाला निर्माण सम्पन्न गर्न करीब ३० करोड रुपैयाँ लाग्ने अनुमान छ।

संघीय सरकारले बजेट नदिंदा लामो समय अलपत्र बनेको आयोजना प्रदेश सरकारले चासो दिएपछि अघि बढेको जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष भेष खड्गी बताउँछन्। “चार दशकदेखि संघीय सरकारले अलपत्र छाडेको थियो, अहिले प्रदेश सरकार अघि सरेपछि अन्तिम चरणमा पुगेको छ,” उनी भन्छन्।

रंगशालाभित्रै क्रिकेट मैदान

गौरीटार रंगशाला परिसरभित्रै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला समेत निर्माण भइरहेको छ। यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने जनाइएको छ।

निर्माणाधीन क्रिकेट मैदान।
यसको क्षमता ७०० दर्शक अटाउने रहेको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मैदान, ड्रेन, स्कोरबोर्ड, साइड स्क्रीन लगायत संरचना रहने भण्डारीले बताए। १२ करोड रुपैयाँ लागत अनुमान गरिएको रंगशाला निर्माणको कार्य २०८२ असारसम्म सक्ने लक्ष्य राखिएको छ। यसका लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा २०८०/८१ मा चार करोड रुपैयाँ विनियोजन गरेको थियो।

गुरुयोजना अनुसार कुल २१ वटा संरचना बन्ने भण्डारीले बताए। जसमा नौ वटा कभर्डहल, आठ वटा ट्रेनिङ सेन्टर, फिटनेस सेन्टर, होस्टेल लगायत छन्।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 36 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 19 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि