ओलम्पिक उद्घाटन समारोहका अद्‌भुत दृश्य

फ्रान्सको राजधानी पेरिसमा चित्ताकर्षक शैलीमा ग्रीष्मकालीन ओलम्पिक उद्घाटन गरिएको छ।

सेन नदी सँगसँगै हजारौं खेलाडी कला प्रदर्शन गर्दै उद्घाटन समारोहमा सहभागी भएका थिए। ओलम्पिक उद्घाटन समारोहका लागि पहिलो पटक जलमार्गको प्रयोग गरिएको थियो।

फ्रान्सका जुडोका महान् खेलाडी टेडी रिनर र मारी जोस पेरेकले पेरिसको आकाशमाथि उडेको तातो हावाको बेलुन जस्तो आकारको कल्ड्रन प्रज्वलित गर्दै ओलम्पिकको शुभारम्भ गरेका थिए। चार घण्टा चलेको उद्घाटन समारोहमा विभिन्न कला प्रदर्शन गरिएको थियो।

संसारका विभिन्न देशका ६ हजार ८०० खेलाडी र २०५ जना आगन्तुकले ८५ वटा डुंगामा फ्रान्सको प्रख्यात अस्ट्रेलिज ब्रिज पार गर्दासम्म आकाशमा रातो, सेतो र नीलो आतिसबाजी गरिएको थियो। जुन दृश्य अद्‌भुत थियो।

उद्घाटन समारोहमा आकर्षक सांगीतिक प्रस्तुति राखिएको थियो। जसमा अमेरिकी गायिका एवं गीतकार लेडी गागाको क्याबरे नम्बर र क्यानडेली आइकन सेलिन डियोनको रिटर्न पनि समावेश थिए।

पेरिस ओलम्पिकलाई अवरोध गर्न फ्रान्सको रेलमार्गमा आगो लगाइएको थियो। जसले गर्दा उद्घाटन समारोहमा आउने फ्रान्सेली नागरिकलाई अप्ठ्यारो भएको थियो। यससँगै वर्षाले पनि केही अवरोध गरेको थियो।

तथापि फ्रान्सको इतिहास, कला र खेलकूदबारे दुई हजार संगीतकार तथा कलाकारले विचलित नभई प्रस्तुति राखेका थिए। १०० वर्षपछि दोस्रो पटक ओलम्पिक आयोजना गरेको फ्रान्सले उद्घाटन समारोहलाई भने चित्ताकर्षक बनाएको थियो।

उद्घाटन समारोहमा बोल्दै अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)का अध्यक्ष थोमस बाचले संसारभरका खेलाडी विश्वलाई शान्तिका लागि एकताबद्ध गर्ने कार्यक्रमको हिस्सा भएको बताए।

ओलम्पिकका ३२ वटा खेलमा १० हजार ५०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। गए राति शुरू भएको ओलम्पिक साउन २७ गतेसम्म चल्नेछ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 36 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 19 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि