राजनीतिकर्मीको कृषिमोह : तीन सय रोपनीमा किवी र लोठसल्लाखेती

झापा । कृषि क्षेत्रमा भविष्य देखेका सात जना युवाको समूह यतिबेला किवी र लोठसल्ला (टेक्सस मेरिइ)को खेतीमा रमाएका छन् । सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा उनीहरूले किवी र लोठसल्लाको खेती गरिरहेका हुन् ।

तीन सय रोपनीमध्ये एक सय ५० रोपनीमा किवी र एक सय ५० रोपनीमा लोठसल्ला लगाइएको छ । कृषि क्षेत्रमा भविष्य देखेपछि सिपी कडरिया, तेजमणि प्रसाईँ, कमलप्रसाद कडरिया, दुष्यन्त भट्टराई, श्रीप्रसाद सिटौला, ईश्वरीप्रसाद तिवारी र झलकबहादुर राईले इलामको सन्दकपुरमा किवी र लोठसल्लाखेती गर्ने योजना बनेको हो । बेरोजगारी घटाउन, राजनीतिकर्मीलाई उत्पादनसँग जोड्न र मुलुकमा प्रविधि भित्र्याउने उद्देश्यले कृषिकर्ममा लागेको कम्पनीका अध्यक्ष सिपी कडरिया बताउँछन् । राजनीतिकर्मी कडरिया भन्छन्, “राजनीतिकर्मी उत्पादनसँग जोडिन जरुरी छ, नत्र भ्रष्टाचार अझै मौलाउँछ ।”

कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठुलो २४ प्रतिशत हिस्सा कृषिको छ । सरकारले पनि दिगो विकासको लक्ष्य हासिल गर्न कृषिलाई मुख्य आधार मानेको उनी बताउछन् । राससकर्मीसँगको कुराकानीमा उनी भन्छन्, “हामी कृषिप्रधान मुलुक भन्छौँ, तर जुनसुकै कुरामा पनि आयातमुखी बनेका छौँ ।” आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन पनि कृषि क्षत्रेमा लगानी गरिएको उनी बताउँछन् । विसं २०७२ मा सुरु गरिएको किवी र लोठसल्लामा हालसम्म रु तीन करोड ५० लाख लगानी भइसकेको छ । किवी फलफूलका रूपमा प्रयोग हुने र लोठसल्ला क्यान्सर रोगको उपचारका लागि औषधि बनाउन प्रयोग हुने भएकाले बजार र माग राम्रो भएको उनी बताउँछन् ।

“गत वर्षदेखि किवी उत्पादन सुरु भएको छ, यो वर्षदेखि हामी लगानी बन्द गर्छौँ”, उनले भने, “अर्को वर्षदेखि नाफा हुने अपेक्षा छ ।” एउटा किवीको बोटले तीन वर्षपछि उत्पादन दिने उनको भनाइ छ । एउटा बोटबाट वार्षिक ३५ देखि ५० वर्षसम्म उत्पादन लिन सकिन्छ भने वार्षिक ५० केजी उत्पादन हुने कडरियाले बताए । एउटा बोटमा वार्षिक रु पाँचदेखि छ सय लगानी हुने जनाइएको छ ।

गत वर्ष साविक मेची अञ्चलमा मात्र सात लाख केजी किवी उत्पादन भएको कडरिया बताउँछन् । “इलाममा मात्र डेढ लाख केजी उत्पादन भएको तथ्याङ्क छ”, उनले भने, “उत्पादन अझै बढ्दै जाने देखिन्छ ।”

नेपाली किसानले किवी उत्पादन गरे पनि भण्डारणमा समस्या हुँदा सस्तोमा बेच्नुपरेको उनको अनुभव छ । उत्पादनस्थलबाट बजारसम्म पुर्‍याउन ‘कुलिङ चेन’ जरुरी हुने उनले बताए । “भण्डारणका लागि उचित व्यवस्था नहुँदा किसानले उत्पादन गरेको किवी चाँडै बिग्रिने समस्या देखिएको छ”, उनले भने, “यसले गर्दा किसानले मूल्य पाएका छैनन्, बजार पनि खस्किएको छ ।”

बेमैसममा नेपालमा न्यूजिल्याण्डबाट किवी आयात हुने गरेको कडरिया बताउँछन् । विश्वमा सबैभन्दा धेरै न्यूजिल्याण्ड र चीनमा उत्पादन हुने किवीले ओगटेको उनको भनाइ छ । “यहाँ उत्पादन हुने किवीको स्वाद राम्रो छ”, उनले भने, “किवी उत्पादन गरेर विश्व बजारमा पुर्‍याउने सोचका साथ विभिन्न एजेन्सीसँग कुरा गरिरहेका छौँ ।”

किसानको उत्पादनलाई सुरक्षित गर्न सरकारले उपयुक्त शीतभण्डारगृह निर्माणमा जोड दिनुपर्ने कडरियाले बताए । “राज्यले आयात प्रतिस्थापन गर्ने हो भने कृषि क्षेत्रमा विशेष लगानी गर्न जरुरी छ”, उनले भने, “वास्तविक किसानले राज्यले दिने सुविधाको उपयोग गर्न पाएका छैनन् ।”

किवी उत्पादनका लागि भाले र पोथी बिरुवा आवश्यक पर्छ । जसका लागि परागसेचनको महत्त्वपूर्ण भूमिका हुन्छ । हावा र माहुरीको भरमा परागसेचन हुँदा किबीखेतीमा चुनौती देखिएको व्यवसायी कडरियाले बताए । परागसेचनका लागि चीन र न्यूजिरल्याण्डले अपनाएको प्रविधि स्वदेशमा ल्याउन जरुरी छ ।

  • Related Posts

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    इराकमार्फत इरानले ब्यापार गर्दै

    काठमाडौं । अमेरिकाको नाकाबन्दीका कारण इरानमा सामान ढुवानी गर्न कठिनाइ बढ्दै गएको छ । वैकल्पिक मार्गको खोजीमा इरानले सुरुआतमा ओमानको खासाब बन्दरगाह प्रयोग गर्न थालेको भए पनि त्यहाँ जहाजहरूको चाप…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 95 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल