पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको आकर्षण बढाउँदै पोखरा विश्वविद्यालय

चितवन । पछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । विद्यार्थीलाई यही रोक्नका लागि विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जनगरी समय सुहाउँदो बनाउन थालेका छन् ।

पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा.राजेशकुमार ठकुराठी विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउनेगरी पाठ्यक्रम परिमार्जन गरेको बताउछन् । युनाइटेट टेक्निकल कलेज भरतपुरले शुक्रबार यहाँ आयोजना गरेको स्नातक र स्नातकोत्तरका नयाँ कार्यक्रम सुभारम्भका अवसरमा उनले भने, “पाठ्यक्रम अहिलेको परिवेश सुहाउँदो बजारले माग गरेअनुसारको बनाएका छौँ ।” 

सैद्धान्तिक ज्ञानमात्रै नभएर प्रयोगात्मक कक्षामा जोड दिइएको डिन ठकुराठीले बताए । पहिलेपहिले इन्टर्नसिप नहुने गरेकामा इञ्जिनियरिङ सङ्कायमा तीन महिनाको अनिवार्य इन्टर्नसिप गराएको उहाले बताए । डिन ठकुराठीले भने, “सीपमूलक पाठ्यक्रम बनाएका छौँ ।” स्नातक तहमा क्याम्पसलाई आफूलाई चाहिने विद्यार्थी भर्ना गर्न पाउने व्यवस्था विश्वविद्यालयले गरेको छ । छात्रवृत्ति अन्य विश्वविद्यालयको तुलनामा आफूहरूले बढी दिएको उनले बताए । 

विश्वविद्यालयले एक वर्षमा स्नातक तहमा मात्र एक हजार एक सय जनाभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । आङ्गीक क्याम्पसमा २० प्रतिशत र सम्बन्धन प्राप्त कलेजमा १० प्रतिशत छात्रवृत्ति दिने गरेको डिन ठकुराठीले जानकारी दिए । विश्वविद्यालयमा ५८ सम्बन्धन प्राप्त,  आङ्गीक चार र संयुक्त आङ्गीक तीन  कलेज रहेका छन् । विज्ञान तथा प्रविधि सङ्कायमा २० क्याम्पस छन् । तीमध्ये एउटा आङ्गीक, एउटा संयुक्त आङ्गीक र १८ सम्बन्धन प्राप्त छन् । सबै कलेजले विद्यार्थी कोटाअनुसार पुर्‍याउन नसकेको उनले बताए । 

सो अवसरमा डिन ठकुराठीले चितवन र छिमेकी जिल्लाका लागि प्राथमिकता दिँदै यहाँको युनाइटेड टेक्निकल कलेजमा यसै शैक्षिकसत्रबाट ब्याचलर अफ इञ्जिनियरिङ इन इन्फरमेसन टेक्नोलोजी (बिइ आइटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई सुरु गरेको बताए । कार्यक्रममा कलेजका प्रिन्सिपल एवं शैक्षिक निर्देशक प्रा डा केशवदत्त अवस्थीले कलेजले बिइ आइटीमा ४८ जना तथा ‘एमएससी इन ट्रान्सपोटेसन इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट’मा हरेक ६ महिनामा ३० विद्यार्थी भर्ना लिनेगरी पठनपाठन गर्न लागिएको बताए ।  

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष चूडामणि खनालले हाल कलेजले स्नातक तहमा बीइ कम्प्युटर, बीइ सिभिल, बीइ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा स्नातकोत्तर तहमा एमएससी इन कन्स्ट्रक्सन म्यानेजको अध्यापन गराइरहेको बताए । कलेजबाट हालसम्म पाँच सय ९६ इञ्जिनियर उत्पादन भएको उनले बताए। सो अवसरमा त्रिभुवन विश्वविद्यालय पुलचोक क्याम्पसका निर्देशक एवं आइटी विज्ञ प्रा डा सुवर्ण शाक्य,  पुलचोक क्याम्पसका उपप्राध्यापक एवं ट्रान्सपोटेसन इञ्जिनियरिङ विज्ञ डा प्रदीप श्रेष्ठ, जर्नलका प्रधान सम्पादक डा.अञ्जयकुमार मिश्र, कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकाललगायतले आ–आफ्नो धारणा राखेका छन्  ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 67 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल