करेन्ट लागेर एक कर्मचारीको मृत्यु, तीन जना घाइते

सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एक जना विद्युत् कर्मचारीको मृत्यु भएको छ ।  अन्य तीन जना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङका अनुसार शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको सोही दिन जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो । २०६६ साल फागुनदेखि उक्त कम्पनीमा कार्यरत प्राविधिक राईको स्थायी ठेगाना थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिम रहेको खुलेको छ । 

सोही घटनामा घाइते भएका विद्युत् कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका–६ का ३० वर्षीय बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रूपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीया टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिए। 

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ भने घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको कार्यालय सल्लेरी सोलुखुम्बुले जनाएको छ । छ सय ३० किलोवाट क्षमताको उक्त विद्युत् कम्पनीले ‘हाइटेन्सन लाइन’को तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा एक्कासि विद्युत् प्रवाह हुँदा एकैसाथ चार जनालाई करेन्ट लागेको घाइते टसी शेर्पाले बताए। आफूहरूलाई करेन्ट प्रवाह भएको जानकारी नहुँदा भर्‍याङले तारमा छुँदा करेन्ट लागेको उनको भनाइ छ । 

यद्यपि घटनाको विवरण दिन सोलुखुम्बु प्रहरीले आनाकानी गरेको छ । सदरमुकाममा भएको उक्त घटनामा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक आफै खटिए पनि घाइते र मृतकको विवरण उपलब्ध गराउन प्रहरीले इन्कार गरेको छ । उक्त कम्पनीले जिल्ला सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्रमा गरी करिब तीन हजार चार सय घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनीले जनाएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 70 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 65 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल