प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंज द्वारा लाखौं मूल्य बराबरको भेप (ईलेक्ट्रीक चुरोट) र चाँदि सहित १ जना भारतीय नियन्त्रण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३१ श्रावण । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज ले बिहीबार बिरगंज महानगरपालिका वडा नं. १६, भन्सार मेनगेट नजिक बाट करिब १७ लाख भन्दा बढीको चाँदी र बिधुतिय चुरोट आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको गाडी मोबाइल टोलीले बिरगंज बाट भारत तर्फ जादै गरेको टाँगा  चेक जाँच गर्दा टाँगा भित्र फल्स बटम बनाई लुकाई छिपाई राखेको रु. १३ लाख ८५ हजार बराबरको भेप (ईलेक्ट्रीक चुरोट) ४ सय ५० थान र घोडा सहितको टाँगा नियन्त्रणमा लिएको छ ।

यसैगरी सोही स्थानमा भारत बाट नेपाल तर्फ झोला बोकी पैदल आउदै गरेको भारतको पुर्वी चम्पारण, घोडासहन ग्राम पोष्ट ११ बासुकीनाथ बस्ने अंदाजी वर्ष १८ को गोपाल कुमार लाई शंका लगि चेक जाँच गर्दा निजले बोकेको झोला र शरिरमा बेरेर लुकाई छिपाई राखेको अवस्थामा  रु. ३ लाख २५ हजार ६ सय ५० बराबरको २ के. जि. १ सय ७१ ग्राम चाँदि भेटिएकोले चाँदि सहित ब्यक्ति नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह ले बताएका छन् ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 95 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल