इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

काठमाडौँ । जोसुवा जिरेक्सीले डेब्यु खेलमै गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । 

सिजनको पहिलो खेलमा युनाइटेडले फुलहम माथि १-० गोलको जित हात पारेको हो ।

ओल्ड ट्राफोर्डमा गएराति युनाइटेड, फुलहमसँग पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । फुलहमका केन्नी टेटले सशक्त प्रहार गर्दै युनाइटेड गोलकिपर आन्द्रे ओनानाको परीक्षण गरेका थिए । 

त्यसपछि फुलहमका गोलकिपरले युनाइटेडका तीन प्रयासको उत्कृष्ट बचाउ गरे । बुर्नो फर्नान्डेजको प्रहारमा दुई पटक बाधक बनेका बन्ड लेनोले मेसोन माउन्टलाई पनि सफल हुन दिएनन् ।

६१ औं मिनेटमा एरिक टेन हाखले जोसुवालाई, अलेहान्द्रो गारान्चोसँगै मैदान प्रवेश गराए । दुवै टिमका लागि सुपर सब साबित भए । ब्रेक थ्रु का लागि संघर्ष गरिरहेको युनाइटेडले ८७ औं मिनेटमा अग्रता लियो । 

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 26 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 16 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 30 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि