पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने पातीचौर-लप्सीबोट सडक अवरुद्ध

पर्वत । प्रसिद्ध पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने सडक विगत एक महिनाअघिदेखि अवरुद्ध बनेको छ । 

जिल्लाको मोदी गाउँपालिकाका देउपुर, देउराली र भुकताङ्ले गरी तीन वडालाई मध्यपहाडी लोकमार्गसँगसंग जोड्ने  पातीचौर– लप्सीबोट सडक अझै खुल्न नसकेको हो । गत असार २६ गतेको भीषण वर्षाका कारण सडक खण्ड अन्तर्गत मोदीको वडा नं २ कोरुगांमा गएको ठूलो पहिरो पन्छ्याउन नसक्दा उक्त क्षेत्रका बासिन्दा सास्ती खेप्न बाध्य भएका छन् । 

झण्डै दुई किलोमिटर पक्की सडक पहिरोले पुरिनुका साथै संरचनासमेत भत्किएको स्थानीय भूमिराज शर्माले जानकारी र्दिए। यो सडक खण्डअन्तर्गत जरुवा, पानी खोल्सा, कोरुगां लगायतका स्थान पहिरोले पुरिएको छन् भने कतै बाढीले सडक नै बगाएको उनले बताए। 

एक महिनाभन्दा बढी समय भइसक्दा पनि सो सडक खुलाउने कुनै प्रयास हुन सकेको छैन । सडक सञ्चालनका लागि गाउँपालिकाले समेत बेवास्ता गरेको स्थानीयको गुनासो छ । लामो समय सडक अवरुद्ध हुँदा यात्रुलाई निकै सास्ती हुनुका साथै अत्यावश्यक सामान ढुवानीमा समस्या भएको वडा नं १ भुकताङ्लेका वडाध्यक्ष टेकबहादुर गुरुङले बताए। 

सडककै कारण भुकताङ्ले र लप्सीवोटमा सञ्चालित दुई दर्जन बढी घरबास (होमस्टे)समेत सुनसान बनेका छन् ।  यहाँबाट हम्पाल, मोहोरे डाँडा, नागी, लगायतका पर्यटकीय क्षेत्रमा जाने पर्यटकलाई समेत समस्या भएको उनको भनाइ छ । 

उक्त क्षेत्रमा सञ्चालन हुने दर्जनौँ सवारी साधन महिना दिनदेखि कोरुंकमा थन्किएका छन् । त्यहाँबाट झण्डै दुई किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता स्थानीयको छ । सडक अवरुद्ध हुँदा सवारी साधनको अभावमा बिरामीलाई समयमै स्वास्थ्य संस्थामा पुर्‍याउनसमेत नसकिएको स्थानीय सन्तोष तिमिल्सिनाले बताए । उनका अनुसार गाउँमा एम्बुलेन्स जाने अवस्था छैन । सिकिस्त  बिरामी, गर्भवती र सुत्केरीलाई डोकोमा बोकेर अस्पताल लैजानुपरेको तिमिल्सिनाले बताए । 

दैनिक कार्यालय तथा विद्यालय जाने कर्मचारी र शिक्षकले पनि उस्तै सास्ती व्यहोरेका छन् । आफ्ना सवारी साधन पातिचौरमा थन्क्याएर उकालो हिँड्नुपरेको उनीहरूको गुनासो छ । पहिरोले क्षतिग्रस्त भएको सडक तत्काल सञ्चालन गर्न कठिन भएको वडा नं २ का वडाध्यक्ष बेलबहादुर कार्कीले बताए। 

अध्यक्ष कार्कीका अनुसार वैकल्पिक मार्गको रूपमा बेतेनी–गौडा–राहाले सडक स्तरोन्नति गरी सञ्चालनमा ल्याउने प्रयास थालिएको छ । उक्त वैकल्पिक सडक निकै चिप्लो र हिलो भएका कारण सवारी साधन सञ्चालनमा समस्या आउने सवारी चालकहरूले बताएका छन् । 

“वैकल्पिक सडकबाट सवारी साधन लिएर आउँछन्, तर सडक पार गर्न निकै कठिन हुने गरेको छ, कति त फर्किएर जान्छन्”, स्थानीय मिठु चापागाईँले भने । स्थानीय राजेश गिरीले करिब डेढ किलोमिटरको सडक दुई चार ठाउँमा सामान्य मर्मत गरी नियमित गाडी चल् नसक्ने अवस्था हुँदाहुँदै पनि बेवास्ता गरिएको गुनासो गरे । 

वैकल्पिक मार्गलाई पक्की सडकका रूपमा स्तरोन्नति गर्नसके बर्खाको समयमा यात्रुले सास्ती झेल्न नपर्ने उनले बताए। थोरै लगानीमा धेरै काम दिने छोटो दुरीको सडक निर्माणमा स्थानीय, प्रदेश र केन्द्र सरकारले लगानी गर्नुपर्ने उनीहरूको माग छ । 

कमजोर भूधरातलका कारण उक्त सडकमा वर्षेनी समस्या आउने गरेको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताइन्। अवरुद्ध सडक खुलाउनका लागि तत्काल प्रयास गरिने उनको भनाइ छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत विगत पाँच वर्षअघि कालोपत्र गरिएको उक्त सडक खण्ड वर्षेनी आउने पहिरोका कारण जीर्ण बनेको छ । उक्त कार्यालयसँगको परामर्शमा सडक मर्मत थालिने अध्यक्ष शर्माले बताइन्।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 95 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल