पूर्वी नाकाबाट ई-रिक्सा आयातमा वृद्ध 

झापा । पूर्वी नाका काँकडभिट्टाबाट विद्युतीय रिक्सा (ई-रिक्सा)को आयात वर्षेनी बढिरहँदा  परम्परागत पाइडल रिक्सा लोप भएका छन् । पाँच वर्षमा रु. ८९ करोड ४३ लाख ३६ हजार १६१ मूल्य बराबरको १० हजार १६४ वटा ई-रिक्सा आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले बताए।

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु. ४१ करोड २० लाख ३९ हजार ९५९ मूल्य बराबरको चार हजार ६४५  ई-रिक्सा पूर्वी नाकाबाट भित्रिएको छ । यसअघिको आव २०७९/८० को तुलनामा उक्त आयात दोब्बरभन्दा बढी हो । 

आव २०७९/८० मा रु. १६ करोड ७१ लाख १९ हजार दुईसय १३ मूल्य बराबरको एक हजार ८५९ ई-क्सा आयात भएको थियो । ई-रिक्साको आयात महसुल बापत मेची भन्सार कार्यालयले विगत पाँच वर्षमा रु. ३१ करोड ३७ लाख ३२९ राजस्व असुली गरेको भन्सारले जनाएको छ ।

आव २०७६र७७ मा यही नाकाबाट रु. आठ करोड ८१ लाख ५१ हजार ८४० मूल्य बराबरको एक हजार ३२ वटा ई-रिक्सा आयात भएको थियो भने आव २०७७/७८ मा रु. आठ करोड ७२ लाख सात हजार ९९९ मूल्य बराबरको एक हजार ११५  आयात भएको थियो । तथ्याङ्कले ई–रिक्साको आयात वर्षेनी निरन्तर बढेको देखाउँछ । आव २०७८/७९ मा रु. १३ करोड ९८ लाख १७ हजार १५० मूल्य बराबरको एक हजार ५१३ वटा ई-रिक्सा काँकडभिट्टास्थित भन्सार भएर आयात भएको थियो ।

विगत पाँच वर्षयता झापाको सहर बजारमा विद्युतीय रिक्साले छोटो दूरीको सवारीमा एकछत्र सेवा पुराउँदै आएको छ ।

विद्युतीय रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्सा लोप भइसकेका छन् । विद्युतीय रिक्सा ब्याट्रीबाट चल्ने हुँदा यसलाई घरमै रिचार्ज गरेर चलाउन सकिन्छ भने चालकलाई यसले थप सुविधाजनक तुल्याएको छ ।

 विगतमा परम्परागत रिक्सा चलाउनेहरूले अहिले ई–रिक्सा खरिद गरेर गुजारा चलाउन थालिसकेका छन् । यसैबीच, पूर्वी नाका काँकडभिट्टा हुँदै विगत पाँच वर्षमा रु. दुई करोड ४० लाख १३ हजार २४७ मूल्य बराबरको १४५ वटा तीन पाङ्ग्रे स्कुटर भन्सार महसुल छुटमा आयात भएको छ ।

मेची भन्सार कार्यालयबाट प्राप्त तथ्यांक अनुसार फरक क्षमता भएका शारीरिक अशक्त व्यक्तिहरूले प्रयोग गर्ने तीन पाङ्ग्रे स्कुटर भन्सार छुटमा आयात गर्दा प्रज्ञापन पत्र बापत रु. पाँच सय र मूल्य अभिवृद्धि कर बापत रु. ६५ मात्र महसुल बुझाउनु पर्छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 90 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल