नेप्से परिसूचकमा उच्च अंकको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज परिसूचक ७९ दशमलव ८८ अंकले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो ।

आज तीन सय ३३ कम्पनीको चार करोड २६ लाख ८६ हजार छ सय ४० कित्ता शेयर दुई लाख १८ हजार पाँच सय ७८ पटक खरिदबिक्री हुँदा रु १९ अर्ब ७४ करोड पाँच लाख ९३ हजार आठ सय बराबरको कारोबार भएको छ ।

लघुवित्त समूह एक दशमलव ०८ प्रतिशत बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लगानी समूह तीन दशमलव ८३, बैंकङ तीन दशमलव ३१, वित्त तीन दशमलव ५० र अन्य समूह तीन दशमलव ५५ प्रतिशतले बढेको छ । विकास बैंक दुई दशमलव ४४, होटल तथा पर्यटन दुई दशमलव ३८, जलविद्युत् तीन दशमलव ०४, जीवन बीमा दुई दशमलव ५०, उत्पादन तथा प्रशोधन एक दशमलव ९८, म्युचुअल फन्ड एक दशमलव ५९, निर्जीवन बीमा दुई दशमलव ३२ र व्यापार समूह एक दशमलव ७६ प्रतिशतले घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मन्दाकिनी हाइड्रोपावर लिमिटेड र १० दशमलव २५ प्रतिशत, कुमारी बैंक लिमिटेड डिभेञ्चर-८६ को शेयर मूल्य नौ दशमलव ०९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपी पावर लिमिटेडको आज सबैभन्दा धेरै रु ८४ करोड ६८ लाख १७ हजार बराबरको २२ लाख ७८ हजार सात सय ८७ कित्ता शेयर किनबेच भएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 71 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 110 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 43 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 51 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल