ताप्लेजुङ गोल्डकप :  टिकटबाट एकै दिनमा १० लाखभन्दा बढी संकलन

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेलमा टिकट बिक्रीबाटै रु १० लाखभन्दा बढी सङ्कलन भएको छ । फाइनल खेल हेर्नका लागि चार हजार ५६ जना दर्शकले टिकट लिएका थिए ।

प्रतिव्यक्ति रु दुई सय ५० का दरले टिकट बिक्री गरिएको थियो । उक्त टिकट बिक्रीबाट रु १० लाख १४ हजार सङ्कलन भएको आयोजकले जनाएको छ । फाइनल खेल करिब १२ हजार दर्शकले अवलोकन गरेको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

पहिलो चरणका खेल हेर्न रु एक सय, सेमिफाइनलका खेल हेर्न रु दुई सय र फाइनल खेल हेर्नका लागि रु दुई सय ५० दरका टिकट निर्धारण गरिएको थियो । दर्शकको सुविधाका लागि प्याराफिट निर्माणसहितका काममा मोटो रकम खर्च हुने भएकाले टिकट काट्नुपर्ने बाध्यता रहेको आयोजकले बताएको छ । 

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 76 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 113 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 51 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल