सरकारी जागिरबाट अवकाशपछि उपसचिवले थाले कृषि कर्म

काठमाडौँ। जल तथा ऊर्जा आयोगबाट प्राविधिक उपसचिव (इलेक्ट्रोनिक इञ्जिनियर) बाट दुई वर्षअघि अवकाश भएयता लहान नगरपालिका-१६ का सुकदेव चौधरी कृषि कर्ममा रमाइरहेका छन् ।

अध्ययन र अनुभवको क्षेत्र फरक भए पनि कृषि कर्म मनमा शान्ति दिने अस्त्र भएको उनले सुनाए । उमेरले छ दशक पूरा गरेका उनको लोभलाग्दो व्यावसायिक फलफूल खेती देख्दा धेरैले प्रशंसा गर्ने गरेका छन् ।

उनले लहान बजारबाट १० किलोमितर उत्तरतर्फ चुरेको काखमा अवस्थित करिब चार बिघा आफ्नै जमिनमा ‘कालिका कृषि फर्म’ दर्ता गरी ड्रागन फ्रुट, आँप, लिची, कागती, अम्बा, स्याउ, मेवालगायत फलफूल खेती गरिरहेका छन् । त्यसबाहेक चारवटा माछा पोखरी पनि छन् ।

विसं २०६५ मा ऊर्जासम्बन्धी विदेश भ्रमणमा छिमेकी मुलुक चीन गएको बेला ऊर्जा र कृषिसम्बन्धी अवलोकनबाट कृषिमा नेपालमा पनि केही गर्न सकिने सकंल्प लिएर अवकाश हुनुभन्दा चार वर्ष अगाडि नै कृषि फर्म दर्ता गराएर पूर्वाधार तयार गरिएको चौधरीले जानकारी दिए ।

प्राविधिक क्षेत्रमा सिद्धहस्त चौधरीलाई आकाशपछि पनि सोही क्षेत्रमा काम गर्ने अवसरको कुनै कमी थिएन । तर पनि उनी अवकाशपछि कृषि कर्ममै समर्पित भए । ‘एउटै पेसा जिन्दगीभर गरिरहँदा दिक्क लाग्ने हुँदो रहेछ । शरीर र दिमागलाई पनि कुनै फरक पेसा र व्यवसायको स्वाद लिने रहर लाग्ने रहेछ सायद । मलाई पनि त्यही रहरले डोर्‍यायो’,चौधरीले भने ।

सामाजिक रूपमा इञ्जिनियरिङ पेसालाई निकै प्रतिष्ठित पेसाका रूपमा हेरिन्छ । तर कृषि कर्ममा रमाउनेहरूले त्यस प्रकारको सम्मान पाइसकेका छैनन् ।

विभिन्न देशमा भ्रमण गर्दा त्यहाँको आधुनिक कृषि प्रणाली र कृषकलाई सरकारले दिएको महत्वले आफूलाई प्रभावित बनाएको चौधरीको भनाइ छ ।

चौधरीको घर वरिपरि फलफूलको आकर्षक र लोभलाग्दो खेतीले जो कसैको मन मोहित बनाउँछ । करिब ३० लाख रुपैयाँ लागतमा सुरु गरेका व्यावसायिक कृषि खेतीबाट चौधरीले मुनाफा प्राप्त गर्न थालिसकेका छन् ।

‘जागिरबाट अवकाश हुनुभन्दा केही वर्षअघिदेखि नै ड्रागन खेती सुरु गरिसकेको थिए । त्यसपछि फलफूल खेती, माछा र माहुरी पालन पनि एकसाथ सुरु गरेको छु’, चौधरीले भने, ‘दुई वर्ष अघिदेखि १४ कठ्ठा क्षेत्रफलमा लगाइएको व्यावसायिक ड्रागन फ्रुटका खेतीले सोचेभन्दा राम्रो सफलता पाएको छु, अन्य फलफूलका बिरुवा हुर्कैदैछन् ।’

चौधरीले ड्रागन खेतीबाट जति आम्दानी गरेका छन्, त्यति नै आम्दानी ड्रागनको बोट मुनी लगाएका अन्य अन्तरबालीले दिइरहेको छ । उनले अन्तरबालीका रूपमा सिजन अनुसार लसुन, प्याज, भेण्डी, खुसार्नीलगायत तरकारी तथा फलफूल लगाएका छन् । त्यसबाहेक व्यावसायिक तरकारी खेती गरेका छन् । अन्तरबालीले ड्रागन फ्रुट खेतीलाई राम्रो स्याहारसुसार पुग्ने र त्यसबाट लाभ लिएको चौधरीको भनाइ छ ।

कृषि कर्ममा चौधरी सक्रियताका साथ आफैँ बिहानदेखि बेलुकासम्मै खट्छन् । उनलाई श्रीमती हरिदेवी चौधरीले साथ दिएकी छन् । एक जना छोरा भने वैदेशिक अध्ययनमा रहेको उनले जानकारी दिए ।

जागिरे जीवनमा हुँदा काठमाडौँमा करिब १६ वर्ष श्रीमतीले सुगर र प्रेसरको औषधि खानुपरेको भए पनि अहिले खेतबारीमा श्रम गर्दा उक्त रोग अहिले सामान्य अवस्थामा रहेको र कुनै औषधि खानु नपरेको चौधरी बताउँछन् ।

‘केही नगरी बसेर दिन कटाउनु भनेको रोग पाल्नु जस्तै रहेछ । त्यो भन्दा त कृषि कर्मले शरीर पनि फुर्तिलो, खाने कुरा पनि अर्गानिक उत्पादन हुने । विभिन्न रोगबाट छुटकारा पनि’, चौधरीले भने ।

चौधरीले खेतीमा अर्गानिक कम्पोस्ट मल प्रयोग गरेका छन् । उनले अहिले पाँच जना स्थानीयलाई नियमित रोजगारीमा काम पनि दिलाएका छन् । युवाहरू बेरोजगार भएर भतारिने समस्या देख्दा आफूलाई दुःख लाग्ने चौधरी बताउँछन् ।

‘मिहिनेत गर्ने हो भने जीविकोपार्जन गर्न कुनै समस्या छैन । तर, त्यसको लागि स्पष्ट दृष्टिकोण र सरकारको स्पष्ट नीति चाहिन्छ । नेपालमा जमिनको महत्त्व नबुझेर विदेश जाने प्रवृत्ति छ । किन विदेश जानु रु खेतबारी बाँझै किन छोड्नु रु विदेशमा गर्ने जति मेहनत यही गर्ने हो भने यहाँको माटोमा सुन फलाउन सकिन्छ’, चौधरीले भने ।

अवकाश प्राप्त कर्मचारी तथा अन्य कृषि कर्ममा लाग्न चाहनेका लागि सुकदेव चौधरी उदाहरण भएको लहान नगरपालिका कृषि शाखाका संयोजक तथा वडा नम्बर १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीको भनाइ छ ।

उनी भन्छन्, ‘म आफैँ कृषिको निर्देशक भएर अवकाश पाएको व्यक्ति हुँ । अवकाश पश्चात् राजनीतिमा जोडिए । अहिले दोस्रो कार्यकालको रूपमा वडाध्यक्ष भएको छु । लहान नगरपालिकाको कृषिलाई उद्योग र रोजगारीसँग जोड्न गृहकार्यमा लागेको बेला अवकाश प्राप्त उपसचिव शुकदेव चौधरीले थाल्नुभएको नमूना कृषि फर्मबाट लहान नगरपालिकाले एउटा कृषि प्रयोगशाला भेटाएको अनुभूति गरेका छौँ ।’

उनले चौधरीको कृषि फार्मलाई नगरपालिकाका तर्फबाट अनुदान दिलाएको र नगरको उत्कृष्ट कृषक घोषणा गरी सम्मान गरेको पनि जानकारी दिए ।

आफूले अर्कै पेसामा जानेको सीप र कलाको सट्टा इन्टरनेटबाट प्राप्त ज्ञानलाई कृषि कर्ममा प्रयोग गरिरहेको चौधरीले बताए । जागिरबाट अवकाश लिएपछि पनि मनलाई खुसी राख्न मानिसले आफूलाई कुनै न कुनै रूपमा सक्रिय राख्नुपर्छ भन्ने मान्यता चौधरीको छ ।

अवकाशपछि प्राप्त हुने सेवा सुविधाले जीवन धान्न मुस्किल हुने भन्दै त्यसको लागि पूर्वतयारी हुन चौधरीको सुझाव छ ।

उनले भने, ‘म यो कृषिकर्म आफ्नो आय आर्जनको लागि मात्रै होइन, अरू अवकाश प्राप्त कर्मचारी तथा देशमा केही हुँदैन र केही छैन भनी निराश हुने आम

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 71 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 110 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 43 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 51 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल