१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी

सर्लाही । सर्लाहीको चुरे क्षेत्रमा पर्ने अत्रौलीका स्थानीयले डेढ दशकको प्रतीक्षापछि खानेपानीको सुविधा पाएका छन् । निर्माण आरम्भ भएको १५ वर्षपछि हरिवन नगरपालिका-२, अत्रौलीका झण्डै पौने तीन सय घरधुरीले खानेपानी सुविधा पाएका हुन् ।

चुरेको काखमा रहेको साविक अत्रौली गाविसका आधा दर्जन गाउँका स्थानीय पानीको चरम अभाव झेल्न बाध्य थिए । खानेपानीको सुविधा नहुँदा खोलाको पानी पिउनु परेको स्थानीय नवराज मैनालीले बताए।

“पानीको कुनै विकल्प थिएन, १५ वर्षदेखि पानी खान पाइन्छ कि भन्ने आशामा थियौँ, घरघरमै धाराबाट पानी आउन थालेपछि भने सुविधा भएको छ”, उनले भने।

यसभन्दा पहिले वर्षामा खहरे खेलाको धमिलो पानी पिउने गरेको अर्का स्थानीय पशुपति शर्माले सुनाए । हिउँदमा खोला समेत सुक्दा पानीको चरम अभाव भएको उनले बताए ।

तर अहिले भने घरघरमै खानेपानीको धाराबाट पानी झरेपछि स्थानीय हर्षित भएका छन् । संघीय सरकारको लगानीमा २०६६ साल देखि खानेपानी आयोजना सुरु भएको थियो । तर, पर्याप्त बजेट नपाउँदा अलपत्र पर्दै आएको आयोजना १५ वर्षपछि सम्पन्न भएको हो । यहाँका नागरिकलाई पानी खुवाउन सुरु भएको आयोजना ढिलो गरी पूरा भएको वडाध्यक्ष अर्जुनकुमार योञ्जनले जानकारी दिए ।

जनप्रतिनिधिको पहलमा नयाँ बोरिङ र पाइप लाइन विस्तार भएपछि करिब पौने तीन सय घरधुरीले तत्काल पानी उपभोग गर्न सुरु गरेका छन् । हरिवन नगरपालिका-२, का वडाध्यक्ष योञ्जनका अनुसार यस आयोजनालाई आर्थिक वर्ष २०७९/८० मा डिभिजन खानेपानी कार्यालय मलंगवाबाट नयाँ बोरिङका लागि बजेट प्राप्त भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा वडाको रु. २० लाख र नगर उपप्रमुख हरिमाया घलानको योजनाबाट रु. १० लाख बजेट विनियोजन गरी पाइपलाइन विस्तार गरिएको वडाध्यक्ष योञ्जनले बताए आयोजना अन्तर्गत दुई हजार लिटर बढी क्षमताको खानेपानी ओभर हेड ट्यांकी यसअघि नै संघीय सरकारको बजेटबाटै निर्माण सम्पन्न भएको छ ।

समयमै आयोजना निर्माण सम्पन्न नहुँदा एउटा बोरिङ निर्माण भएर काम नलाग्ने भएर खेर गएको थियो । पुनः नयाँ बोरिङ बनाएर पानी वितरण गरेको अत्रौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवजी महतोले बताए । हाल धमाधम घर-घरमा धारा जडान गरिरहेका उनले जानकारी दिए।

यस आयोजनाबाट हरिवन नगरपालिका-२ का मिलन चोक, नयाँ बस्ती, जिम्दार टोल, चिसापानी, थाङसिंगे टोल र तिन तले गाउँमा खानेपानीको सुविधा पुगेको छ । खानेपानीको समस्याबाट मुक्ति पाउँदा सारा गाउँलेले खुसी भएका स्थानीय हरि बहादुर क्याप्छाकीले बताए।

हरिवन नगरपालिका-२, अन्तरगतको चुरे गाउँ खोर गाउँ र लालिभत्ती क्षेत्रमा समेत वडा कार्यालयले पाइपलाइन विस्तार गरिदिएपछि लालबन्दी खानेपानी तथा सरसफाई संस्थाबाट करिव डेढ सय घरधुरीमा खानेपानी सुविधा पुगेको छ । खानेपानीको दिगो व्यवस्थापन हुँदा खानेपानीको समस्याबाट मुक्ति पाएको खोर गाउँ र लालभित्तीका स्थानीयको भनाइ छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 82 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 117 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 45 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल