अमेरिकामा सुरु भयो इन्ट्रा कप फुटबल

अमेरिका । अमेरिकाको ओहायोमा इन्ट्रा-कप २०२४ फुटबल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिता ओहायो राज्यको एक्रोन सहरस्थित कोप्ले सकर कम्प्लेक्समा अगष्ट ३० तारिक शुक्रबारदेखि सुरु भएको हो ।

प्रतियोगितामा अमेरिकामा रहेका नेपाली मूलका ३० वर्षमुनि, ३० देखि ३९ वर्ष र ४० वर्षदेखि माथिका पुरुष भेट्रान्स गरी तीन समूहका बेग्लाबेग्लै खेलहरू तय गरिएका छन् भने महिलातर्फ अन्तरराज्यस्तरीय प्रतिस्पर्धा हुनेछ । यसैगरी १६ वर्षमुनिका किशोर किशोरीका टीमबीच पनि प्रतिस्पर्धा हुनेछ ।

पिसजोन क्लबसँगको सहकार्यमा इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाद्वारा आयोजित खेलमा युवायुवती र भेट्रान्सतर्फ गरी ३४ वटा टिम दर्ता भएका छन् । किशोर किशोरीतर्फ २९ वटा टिम दर्ता भएका छन् । सबै उमेर समूह र सबै टीमका गरी करिब एक हजार चार सय खेलाडी सहभागी प्रतियोगिता उद्घाटन इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले गरेका थिए। त्यस अवसरमा उनले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी खेल प्रेमीलाई एक ठाउँमा ल्याइ आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले खेल आयोजना गरिएको बताए ।

३० वर्षमुनिका युवातर्फ पथरी एफसी, चुजन एफसी, जुनियर योग गाईज इलेभेन, सांग्रिला युथ एफसी, एभरेष्ट युनाइटेड, टेक्सास थन्डर, टिमाई स्वायड, चुके एफसी, ड्याडी एफसी, एक्रोन युनाइटेड सहभागी छन् । ४० वर्षमुनिको सिनियर युथ तर्फ राजाबाबु एफसी, युनाइटेड ब्रदर्श, ह्यारिसवर्ग भेटान्स, हिमालयन हक्स, सागिना एफसी, सिन्सी इन्टा एफसी, नर्थ क्यारोलिना युनाइटेड, एफसी रिभाइवल, थ्री रिभर्स भेटान्स, मिसिगन युथ एफसी, नेक्ट जेन जी एफसी र केन्टकी भेटान्स छन् ।

यसैगरी ४० वर्षमाथिका भेट्रान्स समूहतर्फ कोलम्बस भेट्रान्स, एनवाई इन्टा एफसी, पिट्सवर्ग भेट्रान्स, सागिना भेट्रान्स, एफसी रिभाइवल, सेरेनिटी एफसी, पिसजोन एकेडेमी र ह्यारिसवर्ग भेट्रान्स एफसीबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ पिसजोन एकेडेमी गर्ल्स, माउण्टेनियर्स एफसी, नर्थ डकोटा साइनिङ्ग स्टार र योद्धा एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

  • Related Posts

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 82 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 117 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 45 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल