नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ९० अंकले बढेर दुई हजार आठ सय ३० को विन्दुमा कायम भएको हो

आज तीन सय २८ कम्पनीको तीन करोड पाँच लाख ९९ हजार आठ सय ९० कित्ता शेयर एक लाख ४४ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा रु. १३ अर्ब ५७ करोड ७१ लाख पाँच हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक एक दशमलव ३२, होटल तथा पर्यटन शून्य दशमलव ६५, जीवन बीमा दुई दशमलव २८, लघुवित्त शून्य दशमलव ३६ र निर्जीवन बीमा चार दशमलव ७८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ६७, वित्त एक दशमलव ५७, जलविद्युत् शून्य दशमलव ५०, लगानी शून्य दशमलव ४४, उत्पादन तथा प्रशोधन शून्य दशमलव १४, म्युचुअल फन्ड शून्य दशमलव शुन्य तीन, व्यापार शून्य दशमलव ४१ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ ।

सात कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै घट्नेमा भने हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य आठ दशमलव ८६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको रु ३४ करोड ७२ लाख २३ हजार दुई सय ७३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको सात लाख ४४ हजार एक सय ५० कित्ता शेयर किनबेच भएको छ ।

  • Related Posts

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग…

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    पहिलो

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 7 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 19 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    • April 17, 2026
    • 24 views
    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 34 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 27 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार