दुदरा खोलाको पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पथलैया नजिकै रहेको दुदरा खोलामा निर्माणाधीन पुल ६ वर्षदेखि अलपत्र रहेकाले तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले भने “पूर्व-पश्चिम राजमार्गकै हालत यस्तो छ भने अन्य ठाउँको हालत के होला, हामी अनुमान गर्न सक्छौँ, दुदरा खोलाको पुल कति दिन, कति महिना वा कति वर्षमा बन्ने हो स्पष्ट जवाफ सम्बन्धित मन्त्रालयले दिनुपर्छ ।”

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाए। सांसद छिरिङल्यामु तामाङले किसानले दुःख गरेर फलाएको स्याउले उचित मूल्य र बजार नपाएको र कर्णालीवासीले सामान्य उपचारसमेत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदासमेत सरकारले बेवास्ता गरेको उनको गुनासो छ । सांसद मनिष झाले धनुषामा एक वर्षदेखि रामदेव मण्डल र उनकी श्रीमती आशा देवीको नागरिकता बनाउन सम्बन्धित निकायले अनावश्यक दुःख दिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद विनीता कठायतले विगत केही दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको विषयमा सरकारको ध्यानाकर्षण गराए । सांसद सर्वेन्द्रनाथ शुक्ला, सन्तोष चालिसे, अम्मरबहादुर थापा, प्रभु शाह र मेटमेणी चौधरीले भ्रष्टाचार अन्त्य गर्नुपर्ने, आपराधिक क्रियाकलापको अन्त्य गर्नुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।

  • Related Posts

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    आजको राशिफल बिस २०८३ बैशाख ४ गते शुक्रबार ईस २०२६ अप्रिल १७ नेपाल सम्बत ११४६ चौलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष औंसी, चन्द्रमा मीन…

    जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाबाट एक जना पक्राउ

    धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ गुठ बस्ने ४२ वर्षीय धन बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।  धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…

    पहिलो

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    • April 17, 2026
    • 16 views
    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 32 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 24 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 26 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 24 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 145 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-