निजामती सेवा दिवसका अवसरमा सरसफाइ

गण्डकी । निजामती सेवा दिवस २०८१ का अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त संयोजनमा आज पोखराको सहिद चोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले निजामती कर्मचारीले सार्वजनिक सेवा प्रवाहका साथै सामाजिक उत्तरदायित्व बह नगरी काम गर्नुपर्नेमा जोड दिइन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरसफाइप्रति समाजमा सचेतना अभिवृद्धिका लागि पनि यस किसिमका कार्यक्रमलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रमा सम्पदा स्थलमा सरसफाइ गरिँदै आइएको बताउँदै निजामती सेवा दिवसका अवसरमा सहिद चोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको जानकारी गराए।

कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेल, नागरिक अभियानका सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधिसहित राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो ।

कर्मचारी मिलन केन्द्र कास्कीले निजामती सेवा दिवस २०८१ कै अवसरमा आज मानव सेवा आश्रम छोरेपाटनमा त्यहाँस्थित आश्रित व्यक्तिहरूलाई भोजनका लागि सहयोग गरेको छ ।

केन्द्रका तर्फबाट संरक्षक एवं कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले रु. २६ हजार नगद आश्रमका सञ्चालकलाई हस्तान्तरण गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले सडक मानवलाई आश्रममा ल्याएर सम्मानपूर्वक सेवा प्रदान गरिरहेको मानव सेवा आश्रमको काम प्रशंसनीय भएको बताए। पर्यटन राजधानी पोखरालाई सडक मानवमुक्तका साथै मठमन्दिरमा पनि मगन्ते मुक्त बनाउने प्रयास थालिएको उनले बताए ।

केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले मानवीय भावनाका साथ आश्रममा आश्रित व्यक्तिको भोजनका लागि सहयोग गरिएको बताउँदै समाजिक एवं मानवीय भावनाका साथ सञ्चालित यस्ता संस्थामा सबैको साथ र सहयोग आवश्यक हुने धारणा राखे ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 84 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 117 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 45 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल