सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअ भन्छन्, ‘बोर्ड पनि फेर्न सकिएन’

तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्यान प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन् ।

“यहाँ कोही आमा नभएका, कोही बुबा नभएका, कोही रोजगारीका लागि भारतलगायत देशमा गएका बालबालिका पढ्छन्”, विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले भने, “न्यून आय भएका विद्यार्थीले पढ्ने विद्यालय बनेको छ ।”

शिशुदेखि ५ कक्षासम्म सञ्चालित उक्त विद्यालयमा ८८ जना विद्यार्थी भर्ना भए पनि ६५ जनामात्र नियमित विद्यालय आउने गरेका छन् । विसं २०४५ मा विद्यालय स्थापना भएको हो, त्यसयता नियमित सञ्चालनमा छ ।

विद्यालयको आम्दानीको स्रोत पनि त्यस्तै न्यून छ । विभिन्न दाताहरूको सहयोगमा विद्यालय सञ्चालन हुँदै आएको छ । त्यो विद्यालयले बोर्डसमेत फेर्न सक्ने अवस्था छैन । सो ठाउँ सङ्घीयतापछि तुलसीपुर–७ नं वडा भए पनि त्यहाँको बोर्डमा अझै ‘तुलसीपुर नगरपालिका–४’ नै लेखिएको छ । जुन बोर्ड सङ्घीयता आउनुभन्दा अघिकै बोर्ड हो ।

आर्थिक अभावकै कारण बोर्ड पनि फेर्न नसकिएको प्रधानाध्यापक केसीले बताए । अहिले सोही विद्यालयमा सात जना शिक्षक–शिक्षिका कार्यरत छन् । सो विद्यालयलाई स्थानीय सरकारले पनि गम्भीर रूपमा हेर्नुपर्ने प्रअ केसीले बताए।

  • Related Posts

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

     मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२६ बुढीबजार बस्ने ५० वर्षीय विष्णु बहादुर राजभाट, पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने भारत…

    हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ

    उदयपुरको चौदण्डीगढी नगरपालिका-७ सिता पाईला टोल बस्ने ६४ वर्षीय माहाशेर राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ७३ वर्षीय राम प्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ ।  आपसी वादविवादको क्रममा…

    पहिलो

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    • April 20, 2026
    • 13 views
    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    • April 20, 2026
    • 25 views
    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

    • April 20, 2026
    • 15 views
    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

    हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ

    • April 20, 2026
    • 15 views
    हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट पक्राउ

    • April 20, 2026
    • 14 views
    जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट पक्राउ

    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

    • April 20, 2026
    • 6 views
    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?