आरटी विवादमा रुसले अमेरिकी मिडियामाथि प्रतिबन्ध लगाउने

मस्को । क्रेमलिनले शुक्रबार रुसी लगानीमा रहेको समाचार नेटवर्क आरटीमाथि वासिङ्टनको प्रतिबन्धको जवाफमा रुसले अमेरिकी मिडिया आउटलेटहरूमा घरेलु प्रतिबन्ध लगाउने बताएको छ । 

मुलुकको आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको आरोप लगाउँदै संयुक्त राज्य अमेरिकाले बुधबार आरटीका दुई कर्मचारीलाई दोषी ठहर गरेको थियो ।

‘समरूप प्रतिक्रिया सम्भव छैन, अमेरिकामा कुनै सरकारी समाचार एजेन्सी छैन र अमेरिकामा कुनै सरकारी टेलिभिजन छैनु, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले आरआइए नोभोस्ती समाचार एजेन्सीसँग भने, ‘तर पक्कै पनि त्यहाँ उपायहरू हुनेछन् जसले उनीहरूको मिडियालाई उनीहरूको जानकारी प्रसारण गर्न प्रतिबन्धित गर्नेछ ।’

रुसको कडा पकडको दुर्लभ स्वीकारोक्तिमा पेसकोभले युक्रेनमाथि आक्रमणका क्रममा मस्कोको अभूतवपूर्व सेन्सरसिपलाई पनि जायज ठहर गरे ।

उनले तास समाचार एजेन्सीलाई दिएको भिन्नै टिप्पणीमा भने,’हामी जुन युद्धको अवस्थामा छौँ त्यसमा प्रतिबन्ध जायज छ र सेन्सरसिप पनि जायज छ ।ु उनले अमेरिकी मिडियाविरुद्ध रुसले कस्तो प्रतिबन्ध लगाउने भन्नेबारेमा बताएनन् ।

मस्कोले युक्रेनमा आक्रमण सुरु गर्दा द्वन्द्वमा स्वतन्त्र रिपोर्टिङलाई लक्षित गर्ने कानुनकाबीच अधिकांश अमेरिकी मिडिया आउटलेटले रुसबाट आफ्ना कर्मचारी घटाए वा हटाए ।

अमेरिकी अर्थ मन्त्रालयले बुधबार प्रतिबन्ध लगाइएका १० व्यक्ति र दुई संस्थामा आरटीका प्रधान सम्पादक मार्गरिटा सिमोनियन र उहाँका डेपुटी एलिजाभेटा ब्रोडस्किया समावेश छन् ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 14 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 18 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 22 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि