डोटीमा पहिरोमा पुरिएर श्रीमान–श्रीमती घाइते, दर्जन बढी गाईगोरु मरे

२८ भदौ, धनगढी । डोटीमा पहिरोले पुरिएर श्रीमान–श्रीमती घाइते भएका छन् । अविरल वर्षापछि गएराति घरमाथि खसेको पहिरोमा पुरिएर बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय भागरथी जेठारा घाइते भएको प्रहरीले जनाएको छ ।

डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले घरमा सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते भएको जानकारी दिए । उनीहरु मध्ये भागरथीको अवस्था गम्भीर रहेको छ ।

दुवै जनालाई च्यापिएको अवस्थामा उद्दार गरिएको बताउँदै डीएसपी भट्टराईले पानी परिरहेका कारण उपचारका लागि स्वास्थ्य संस्था सम्म लैजान कठिनाइ भइरहेको बताए । पहिरोमा पुरिएर दर्जन बढि खसीबोका र चार गाईगोरु मरेको प्रहरीले जनाएको छ ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 36 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 19 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि