धर्म निरपेक्षता खारेजीको मांग गर्दै विश्व हिन्दू महासंघ द्वारा काठमाडौँमा धार्मिक ऱ्याली-

दीपेन्द्र प्रजापति/कालो झोला ।

काठमाडौँ, २८ भदौ । देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोध स्वरुप विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको आयोजनामा शुक्रबार काठमण्डौमा ऱ्याली निकालिएको छ।

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीको अध्यक्षतामा धर्म निरपेक्षता खारेज गर, हिन्दू अधिराज्य कायम गर, सांस्कृतिक हस्तक्षेप बन्द गर, सनातनीहरूमाथिको दमन बन्द गर, धर्मान्तरण बन्द गर, राष्ट्रिय एकता खण्डित गर्ने कार्य बन्द गर, जय श्री राम, जय श्री कृष्णजस्ता गगनभेदी नारासहित माईतीघर मण्डलबाट निकालिएको ऱ्याली बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो।

कोणसभालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य माननीय धवल शमशेर राणा, विश्व हिन्दू महासंघ राष्ट्रिय समितिका उपसभापति अरुण कुमार पाण्डे, जानकी मन्दिरका उत्तराधिकारी राम रोशन दास, पूर्व गृह मन्त्री बुद्धिमान तामाङ, पूर्व मन्त्री पशुपति शमसेर जबरा, प्रकाश चन्द्र लोहनी, राप्रपा नेपालका तारानाथ लुईंटेल, नेपालका लागि नेपालीका सुशील चन्द्र अधिकारीलगायतले सम्बोधन गर्नु भएको थियो।

सो ऱ्यालीमा माता कल्याणी आश्रम, राप्रपा नेपाल, राष्ट्रिय सरोकार मंच नेपाल, शाही युवा शक्ति, श्री वाइजु राजु महिला समिति, नेपाल जैन परिषद, श्री गुरुनानक गुरुद्वारा, जानकी मन्दिर जनकपुर, राम मन्दिर वैरागी अखड़ा, लक्ष्मी नारायण मठ मठियानी, ज्योतिष परिषद, पशुपति महिला नित्य आरती परिवार, सनातन धर्म सेवा नेपाल, राष्ट्रिय नागरिक संघर्ष समितिलगायत विभिन्न धार्मिक, हिन्दूवादी/राष्ट्रवादी संघसंगठनका प्रतिनिधिले हाल देशमा बढ्दो राजनीतिक अराजकताको कारणले गर्दा स्थायी शान्ति कायम हुन नसकेको प्रति चिन्ता व्यक्त गरे ।

वक्ताहरूले लोकतान्त्रिक भनिएको संविधानबाट समग्र नेपाली जनता, ८१ प्रतिशत भन्दा बढी हिन्दु धर्मावलम्बी तथा ९४ प्रतिशत भन्दा बढी ॐकार परिवारले अपनत्व महसूस गर्न सकेनन्। त्यसैले संविधान जारी हुँदा देखि नै विश्व हिन्दु महासंघ लगायतले धर्म निरपेक्ष संविधानको चर्को विरोध गर्दै आए‌को र हालै बनेको सरकारको प्रमुख मुद्दा नै दुई ठूला पार्टीहरू मिलेर संविधान संशोधन गर्ने रहेको हुँदा संविधान संशोधन गर्दा नेपाललाई पुनः हिन्दू अधिराज्य घोषणा गर्नु पर्ने धारणा राखे।

वक्ताहरूले देशमा धार्मिक-सांस्कृतिक अतिक्रमण, धर्मान्तरणका समस्याहरू गम्भीर रुपमा बढेर गएको प्रति चिन्ता व्यक्त गरे। ‘वसुधैव कुटुम्बकम’को उच्च आदर्श बोकेको वैदिक सनातन धर्मलाई क्षति पुऱ्याउन र नेपालीको मौलिक कला, संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित गर्न अवाञ्छित गतिविधिहरू दिनानुदिन बढ़ीरहेकोमा सरकारको ध्यानाकर्षण गराउँदै वक्ताहरूले आवन्छित गतिविधिमा अंकुश लगाउन समेत अनुरोध गरेका थिए ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 46 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 43 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 27 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 53 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 101 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 88 views