जनप्रतिनिधिसँग पुल र सडक निर्माणको माग गर्दै खजुरावासी

राँझा । बाँकेको खजुरा गाउँपालिकावासीले जनप्रतिनिधिसँग पेडारी खोलाको जीर्ण पुल र सडक निर्माणको माग गरेका छन् । स्थानीय तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपालगञ्ज–गुलरिया हुलाकी सडक अन्तर्गत बाँकेको खजुराबजार नजिकै रहेको पेडारी खोलाको जीर्ण पुल र सडक निर्माण गर्ने चुनावी योजना बनाएका जनप्रतिनिधिले चुनाव जितेको दुई वर्षसम्म पनि पुल र सडक निर्माणमा चासो नदिएको उनीहरूको गुनासो छ ।

पुल र सडक निर्माणको लागि ध्यानाकर्षण गराउन खजुराका अगुवा रमेश सिञ्जाली, राजेन्द्र आचार्य र राजकुमार विक लगायतको नेतृत्वमा खजुरावासीले खजुरा गाउँपालिकामार्फत उक्त क्षेत्रका सबै जनप्रतिनिधिलाई शुक्रबार ज्ञापन पत्रसमेत बुझाएका छन् ।

गाउँपालिका अध्यक्ष डम्बर विक र उपाध्यक्ष मन्जु मल्लमार्फत बाँके क्षेत्र नं ३ का सांसद किशोरसिंह राठोर, आशा विक, प्रदेशसभा सदस्य बादशाह कुर्मी र रत्न खत्रीलाई जीर्ण पुल र सडक निर्माणको लागि ध्यानाकर्षण गराइएको स्थानीय अगुवा रमेश सिञ्जालीले बताए ।

विसं २०७४ मा ठेक्का सम्झौता भएर पटक–पटक म्याद थप हुँदा पनि खजुरा क्षेत्रको एक हजार आठ सय मिटर सडक सम्पन्न नभएको, गरिएको काम पनि अत्यन्त गुणस्तरहीन भएको तथा सोही सडकमा रहेको पेडारी नालाको पुल जीर्ण भएर कुनैपनि बेला खस्न सक्ने अवस्थामा पुग्दासमेत निर्माणका लागि जनप्रतिनिधिले तदारुकता नदेखाएको उनले उल्लेख गरे ।

पेडारी खोलाको पुल साँघुरो र जीर्ण अवस्थामा रहेकोले वर्षाद्को समयमा बाढी आउनासाथ पुल वारिपारिको तीन सय मिटर सडकक्षेत्रमा पानी भरिएर आवतजावत बन्द हुने र सडक जीर्ण भएर सवारी सञ्चालनका कठिनाइ हुने गरेको सिञ्जालीको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष विकले पेडारी खोलामा पुल र खजुराबजारको एक हजार आठ सय मिटर सडक निर्माणको लागि पटक–पटक सङ्घीय सरकारसँग माग गर्दै आएको बताए ।

  • Related Posts

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुने वा सिध्याइने कल्पना नगर्न चेतावनी दिएका छन् । उनले राप्रपा धेरै कार्यकर्ताको रगत, पसिना र युवावस्था…

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन्। पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित परिवारका सदस्य लिएर पूर्वराजा शाह यसै साता पोखरा भ्रमणमा जान लागेका…

    पहिलो

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    • April 19, 2026
    • 35 views
    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    • April 19, 2026
    • 30 views
    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    • April 19, 2026
    • 31 views
    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    • April 19, 2026
    • 26 views
    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    • April 19, 2026
    • 29 views
    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    अमेरिकाले छोड्यो सिरिया

    • April 19, 2026
    • 26 views
    अमेरिकाले छोड्यो सिरिया