चौधर नदीले कटान गर्दा बेदकोटको एक बस्ती जोखिममा

कञ्चनपुर । बेदकोट नगरपालिका-४ बैतोडामा चौधर नदीले कटानी गर्न थालेपछि बस्ती नै जोखिममा पर्न थालेको छ । बिहीबारदेखिको निरन्तर वर्षासँगै नदीमा आएको बाढीले दुई दर्जन बढी परिवारको झन्डै तीन बिघा जग्गा कटानी गरी बगरमा परिणत गरेको छ । टोलकै ज्ञानज्योति बाल विकास केन्द्रको जग्गासमेत कटानी गरेको छ ।

नदी तटीय क्षेत्रमा बसोबास गर्ने धनगिरी ओडले सात कट्ठा जग्गामा लगाइएको धानबालीसहित खेत बगाएको बताए। “थोरै जग्गा थियो, त्यै जग्गा पनि नदीले बगाएको छ, घरसमेत उच्च जोखिममा परेको छ”, उनले भने। बाढीबाट जोगिन आफन्तको शरणमा जानुपर्ने अवस्था सृजना भएको ओडले बताए।

यस टोलमा अधिकांश आर्थिक रूपमा विपन्न दलित समुदायका परिवारको बसोबास रहेको छ । तटबन्धको प्रबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले यसरी नै जग्गा कटानी गर्दै आएको छ । यसै वर्षायाममा एक दर्जन बढी परिवारको जग्गा कटान भइसकेको समाजसेवी राजुराम सार्कीले बताए। “तटबन्ध निर्माणका लागि पटक पटक नगरपालिका कार्यालयलाई गुहार्दै आएका छौँ, अहिलेसम्म सुनवाइ हुन सकेको छैन”, उनले भने। सार्कीका अनुसार धेरै परिवारको जग्गा बगेको र बचेको जग्गा पनि बगरमा परिणत भएको छ । अब चाँडै तटबन्ध निर्माण नभए पूरै गाउँका बासिन्दाले विस्थापन हुनुपर्ने अवस्था रहेको उनी बताउँछन्।

यसैगरी, कृष्णपुर नगरपालिका–२ बंकस्थित बादी समुदायको बस्ती रहेको प्रगति टोलमा वनहरा नदीले कटानी गरिरहेको छ । वनहरा विपद् व्यवस्थापन समितिका अध्यक्ष पदम रानाले नदीले धार परिवर्तन गरी बादी बस्तीतर्फ सोझिएर कटानी गर्न थालेको बताए। “दुई सय मिटर बाटो बगाई नदीले बस्तीको जग्गा कटानी गरिरहेको छ । रोकथामका लागि तत्काल केही उपाय नहुने हो भने धेरै समस्या निम्तिने देखिन्छ । त्यसैले सम्बन्धित निकायलाई तटबन्ध निर्माणका लागि आग्रह गर्दर्छौं”, उनले भने।

वडाअध्यक्ष अर्जुन साउदले बस्ती जोगाउन तटबन्ध निर्माणका लागि नगरपालिका, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराइने बताए। उनले भने,“तटबन्ध निर्माण गर्न वडाको बजेटले धान्दैन, अन्य निकायलाई गुहार्नुको विकल्प छैन ।”

  • Related Posts

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुने वा सिध्याइने कल्पना नगर्न चेतावनी दिएका छन् । उनले राप्रपा धेरै कार्यकर्ताको रगत, पसिना र युवावस्था…

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन्। पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित परिवारका सदस्य लिएर पूर्वराजा शाह यसै साता पोखरा भ्रमणमा जान लागेका…

    पहिलो

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    • April 19, 2026
    • 31 views
    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    • April 19, 2026
    • 28 views
    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    • April 19, 2026
    • 28 views
    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    • April 19, 2026
    • 25 views
    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    • April 19, 2026
    • 26 views
    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    अमेरिकाले छोड्यो सिरिया

    • April 19, 2026
    • 24 views
    अमेरिकाले छोड्यो सिरिया