विविध कार्यक्रम गरेर कर्मचारी सञ्चय कोषले मनायो आफ्नो ६३ औं वार्षिकोत्सव

काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्नो ६३ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । सञ्चय कोषको धनगढी शाखाले खेलकुदसहित एक समारोहको आयोजना गरेर वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेशका मुख्य सचिव डा. हरिप्रसाद लम्सालले सञ्चयकोलाई प्रविधिमैत्री बनाउन आग्रहसहित यसको पहुँच विस्तार गर्न सुझाव दिए ।

यसैगरी, कार्यक्रममा सचिव वेदप्रसाद भण्डारीले कर्मचारी सञ्चय कोषले दिँदै आएको सुविधामा सहुलियत प्रदान गर्न आग्रह गरे । त्यस्तै, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रप्रसाद मिश्रले कर्मचारी सञ्चयकोष सञ्चयकर्ताको आशा, भरोसाको रूपमा रहेको बताए । कर्मचारीको अवकाशपछि सञ्चय कोषले एकमुष्ट रूपमा सञ्चय कोष भुक्तानी दिने गरेको कर्मचारी सञ्चय कोष धनगढी शाखाका प्रमुख राजेन्द्र लामिछानेले बताए । उनले निवृत्तिभरण भने आजीवन प्रदान गर्दै आएको उल्लेख गरे ।

नेपालमा पाँच लाख ५० हजार बचतकर्ताको छ खर्ब (नेपालको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत) रकम कर्मचारी सञ्चय कोषले परिचालन गरिरहेको जनाइएको छ । यस कार्यालयबाट गत आर्थिक वर्षमा ५३ हजार ८६५ जना बचतकर्ताले सापटी सेवा लिएको प्रमुख लम्सालले जानकारी दिए । दिवसको अवसरमा विभिन्न खेलमा प्रथम भएका कर्मचारीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

कर्मचारीका अवकाशपछिको जीवनलाई सहज बनाउने उद्देश्यका साथ नेपालमा २०१९ सालमा कर्मचारी सञ्चयकोषको स्थापना भएको थियो । धनगढीमा शाखा कार्यालय भने २०६१ सालमा स्थापना भएको हो । यो शाखाले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका कर्मचारीलाई सेवा प्रदान गर्दै आएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 98 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल