आधा खनियो सिद्धबाबा सुरुङको मुख्य टनेल

काठमाडौँ । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने काम आधा सकिएको छ ।

आयोजनाले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार मुख्य टनले ५४५.५७ मिटर खनिएको छ । यहाँ कुल ११ सय २६ मिटर लम्बाईको मुख्य सुरुङ बन्दै छ । बाइपासतर्फ पहिलो बाइपास १५१ मिटर खन्ने योजना छ । यसमध्ये १३७.२ मिटर खन्ने काम सकिएको छ ।

बाइपास दोस्रो १६१ मिटरमध्ये ११७ मिटर खनिएको छ । बाइपास तेस्रोतर्फ १३० मिटरमध्ये १२३.४ मिटर खनिएको आयोजनाले जनाएको छ । सुरुङ खन्ने कामले गति लिए पनि यसमा लाइनिङको काम भने अगाडि बढेको छैन । स्लोप प्रोटेक्सनमा भने धेरै काम अगाडि बढेको छ ।

आयोजनाका अनुसार यहाँ दक्षिणतर्फ २३ सय वर्गमिटर स्लोप प्रोटेक्सन गर्नुपर्नेमा १ हजार ४९५ वर्गमिटरमा यस्तो काम भइसकेको छ । यो आयोजनाको समग्र भौतिक प्रगति २२.८५ प्रतिशत पुगेको छ । वित्तीय प्रगति २६.४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

सुरुङ खन्न गत माघदेखि सुरु भएको हो । यो आयोजनाको निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले लिएको छ । यहाँ टनेलसहित दोहोरो लेन, स्लोप प्रोटेक्सनसहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् । बुटवललाई पोखरा र पश्चिम नेपालका विभिन्न गन्तव्यसँग जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङ निर्माणको काम सम्पन्न भएपछि पहिरोको जोखिम हट्ने र आवागमन सहज हुने अपेक्षा गरिएको छ । यो आयोजना ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा बन्दै छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 84 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 117 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 45 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल