धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’

मकवानपुर । मकवानपुरका विभिन्न स्थानमा अवस्थित धार्मिक तथा पर्यटकीय सम्पदा प्रवर्द्धन गर्न यही असोज ५ गते शनिबार ‘हेटौँडा सम्पदा यात्रा’ आयोजना हुने भएको छ । उक्त यात्रा हेटौँडाको एडभेञ्चर क्लब आयोजना गर्न लागेको हो ।

क्लबले आज पत्रकार सम्मेलन गरी बागमती प्रदेशको राजधानी हेटौँडा र मकवानपुरगढी क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यले सम्पदा यात्रा आयोजना गरिएको जानकारी दिएको हो ।

क्लबका अध्यक्ष सुशील सुवेदीका अनुसार हेटौँडा उपमहानगरपालिका-४ स्थित महादेव मन्दिरबाट प्रारम्भ हुने मोटरसाइकलसहितको यात्रा भुटनदेवी मन्दिर, पाथीभरा मन्दिर, पुण्यक्षेत्र, स्मारक, वृन्दावन, कुष्माण्ड सरोवर, फरेष्टि गुम्बा, कर्रा गुम्बा, चुरियामाइ मन्दिर, जुरेथुम, गुम्बाडाँडा, राजदेवी गुफा, सालक पार्क पुग्ने छ ।

हेटौँडाका विभिन्न क्षेत्रको भ्रमणपछि सोही दिन यात्राको टोली मकवानपुरगढीस्थित दरबार क्षेत्र, वंशगोपाल मन्दिर, मनकामना, वनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर मन्दिर, मनमोहन उद्यान कमाने हुँदै वनदेवी मन्दिरबाट पुनः हेटौँडास्थित महादेव मन्दिरमा पुगेर समापन हुने अध्यक्ष सुवेदीले बताए ।

‘हेटौँडा सम्पदा यात्रा’ मा ३ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष सुवेदीले बताए । यात्रामा सहभागी हुन दर्ता शुल्क ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 91 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 119 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल