अग्रिम टिकट बुकिङ नयाँ डिजी आएपछि

काठमाडौँ । दसैँ तिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुला गर्ने भन्ने विषय अझै अन्योल छ । यातायात व्यवस्था विभागका महानिर्देशक (डिजी)को सरुवाका कारण अग्रिम टिकट बुकिङको निर्णयमा ढिलाइ भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिवार भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट खुला गर्ने निर्णय गरेको थियो । तर, विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको सरुवा भएको र नयाँ महानिर्देशकले जिम्मेवारी सम्हाली नसकेकोले टिकट बुकिङको निर्णय हुन नसकेको हो ।

यातायात व्यवस्था विभागका अनुसार नयाँ महानिर्देशक आएपछि एक दुई दिनमै टिकट बुकिङको निर्णय हुनेछ । दसैँको अग्रिम टिकट बुकिङ खुल्ने टुङ्गो लाग्न नसक्दा दसैँमा घर जाने तयारीमा रहेकाहरू निराश छन् । रोजगारी वा अध्ययनका लागि राजधानी सहितका प्रमुख सहरहरूमा बस्ने मानिसहरू दसैँ मनाउन आफ्नो परिवार भएका ठाउँमा जाने प्रचलन छ । जसका कारण दसैँको समयमा यातायातमा मानिसको भीड हुन्छ र टिकट नपाउने समस्या हुन्छ ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 34 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 19 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि