दाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

दाङ । सरकारले चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्ट ट्रेडिङ कर्पोरेशन घोराहीले सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।

यस वर्ष चामल, नुन र चिनी बिक्रीका लागि राखिएको साल्ट ट्रडिङ कर्पोरेशन घोराहीले जनाएको छ । चाडपर्व लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेपछि स्थानीय उपभोक्ता खुसी भएका छन् । संघीय सरकारको निर्णय अनुसार दाङमा यही असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।

घोराही उपमहानगरपालिका-१८ की सीता चौधरीले घोराहीमा खुलेको सुपथ पसलमा सामान किन्दा प्रतिकिलो रु. पाँच सस्तो पाएको बताइन् । “ज्याला मजदुरी गरेर खाने मान्छेलाई एक दुई रुपैयाँ सस्तो पाउँदा पनि खुसी लाग्ने रहेछ”, उनले भनिन् “प्रत्येक वर्ष सञ्चालन हुने सुपथ मूल्य पसलमा सामान किन्न आउने गरेको छु ।” पसलमा नुन, चिनी मात्रै राख्ने गरेकामा अन्य उपभोग्य सामग्री पनि राख्न उनको सुझाव छ ।

साल्ट ट्रेडिङका ‘आउटलेट’बाट नुनमा प्रतिकेजी रु. दुई, चिनीमा रु पाँच, तेलमा रु. सात, चिउरामा रु. सात, पिठो र मैदामा पनि रु. सात छुट दिइरहेको घोराहीका प्रमुख रामबाबु प्रसाद गुप्ताले जानकारी दिए। तुलसीपुरमा सञ्चालित सुपथ मूल्य पसलमा चामल बिक्रीका लागि राखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले सहुलियत पसलमा ‘स्टिम’ जिरा मन्सुली र अरुवा मन्सुली चामल बिक्रीका लागि राखेको छ । सुपथ मूल्य पसलबाट यो वर्ष एक हजार सात सय ५० क्विन्टल चामल बिक्री गर्ने कोटा पाएको व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिए ।

उनका अनुसार यही असोज ६ गतेबाट सञ्चालन भएको सहुलियत मूल्यको पसल माघ २ गतेसम्म चल्नेछ । प्रति केजी पाँच रुपैयाँ सहुलियतमा सुपथ मूल्यको पसलबाट चामल बिक्री भएको उनले बताए। स्टिम जिरा मसिनो चामल रु. दुई हजार एक सय २५ मा तथा अरुवा मन्सुली चामल रु. एक हजार पाँच सयमा बिक्री भएको उनले बताए।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    काठमाडौं । विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । विशेष अदालतमा दर्ता…

    पहिलो

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 28 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 75 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 58 views

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 65 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 53 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 40 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा