खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढाउन थाल्यो खाद्य पदार्थको अनुगमन

काठमाडौँ । नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित खाद्यपदार्थको अनुगमनलाई बढाउन थालेको छ ।

विभागको दुई वटा टोलीले बिहीबार काठमाडौँ उपत्यकाका नौ स्थानमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । अनुगमनका क्रममा एयरपोर्ट बर्गर हाउस एण्ड थकाली किचेन प्रालिमा उपभोग्य मिति समाप्त भएको पाँच सय ग्रामका छ थान कोदोको पिठो र तोकिएको गुणस्तरभन्दा फरक पर्ने तेल नष्ट गरिएको पनि उनले बताए । उक्त पसललाई देखिएका कमजोरी सुधार गरी सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्राप्ति फुड प्रडक्ट्स सिनामङ्गल–९ काठमाडौँमा बिक्री वितरणमा राखिएको घ्यूको गुणस्तरमा शङ्का लागेपछि बिक्री बन्द गरी परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । सो पसलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सङ्कलित घ्यूको नमूनाको विश्लेषण प्रतिवेदन न्यूनस्तरको पाइएको छ । सो घ्यू जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको रोहवरमा नष्ट गरिएको र सञ्चालकलाई सो सम्बन्धमा विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।

टिथ्री थकाली समूह सिनामङ्गल–९ काठमाडौँमा स्थलगत निरीक्षणका क्रममा भेटिएका उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ नष्ट गरिएको छ । कमी–कमजोरीसम्बन्धी थप जानकारीका लागि सञ्चालकलाई सात दिनभित्र दर्ता प्रमाणपत्रसहित विभागमा उपस्थित हुन विभागले निर्देशन दिएको छ ।

बेकर्स बेकरी उद्योग काठमाडौँ महानगरपालिका–३१ बानेश्वरमा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गरी तीन दिनभित्र विभागमा उपस्थित हुन पनि विभागले निर्देशन दिएको छ । कोलकाता स्वीट्स प्रालि, कामनपा–३१ बानेश्वर, काठमाडौँमा फ्रिजमा भेटिएको बिनालेबलका ढुसी परेको एक केजीको १५ प्याकेट खुवा नष्ट गरिएको थियो । बिनालेबल विवरणका खाद्य पदार्थको बिक्री वितरण नगर्न पनि विभागले सो पसललाई निर्देशन दिएको जनाइएको छ ।

मिठोमसिनो थकाली रेस्टुरेन्ट प्रालि मध्यपुरथिमि नपा–१, भक्तपुरलाई फ्रिजमा खाद्य पदार्थ लेबल लगाएर व्यवस्थित तवरले भण्डारण गर्न निर्देशन दिइएको छ । चिल हाउस प्रालि मध्यपुरथिमि नपा–२, भक्तपुरमा लेबल विवरण नभएका खाद्य पदार्थ फिर्ता गर्न र पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ प्रयोग नगर्न निर्देशन दिएको विभागले जनाएको छ ।

सिफान स्टोर, मध्यपुरथिमि नपा–१, भक्तपुरमा म्याद गुज्रेका खाद्य पदार्थ नष्ट गरी कमीकमजोरी सुधार्न निर्देशन दिएको प्रवक्ता महर्जनले बताए । जय माँ दुर्गा किराना पसल मध्यपुरथिमि नपा–१, भक्तपुरमा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गर्न निर्देशन दिएको पनि उनले सुनाए । चाडपर्व लक्षित बजार अनुगमनलाई अझै तीव्रतासाथ अघि बढाउने विषयमा गृहकार्य भइरहेको पनि विभागले जनाएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 88 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल