अवरुद्ध सडक खुलाउने काम तीव्र रूपमा भइरहेको छ: मन्त्रालय

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सडक यथाशीघ्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता सुनिलबाबु ढकालले मातहतका निकायमार्फत आफ्ना संयन्त्र र स्रोतसाधन प्रयोग गरी अवरुद्ध सडक खुलाउनका लागि तदारुकताका साथ काम भइरहेको जानकारी दिए । उनका अनुसार वर्षाका कारण आएको बाढी–पहिरोसहित डुबानका कारण देशभर ४१ वटा सडकको ६४ स्थानमा अवरोध भएको छ ।

उनले भने, “काठमाडौँ उपत्यका जोड्ने सडकमा सामान्य क्षति भएका स्थानमा मर्मत गरी आजै अबेरसम्म यातायात सञ्चालनमा ल्याउन निर्देशन भएको छ । मन्त्रालयले राष्ट्रिय महत्वका राजमार्गसहित बढी क्षति भएका सडकको अवरोध हटाई यातायात सञ्चालन गर्ने कामलाई मन्त्रालयले प्राथमिकता दिएको प्रवक्ता ढकालले बताए। उनका अनुसार बाढी–पहिरोबाट छ वटा पुल पूर्ण रूपमा क्षति भएको छ ।

बाढी–पहिरोबाट क्षति भएका सडक विभाग मातहतका आयोजनालाई जतिसक्दो चाँडो मर्मत गरी सञ्चालन ल्याउने र त्यो सम्भव नभएको अवस्थामा वैकल्पिक उपायसमेतका लागि कार्य योजनासहितको प्रतिवेदन पेस गर्न मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।

यसैबीच महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन कार्कीले खाल्डाखुल्डीसहित बढी बिग्रिएको काठमाडौँस्थित नाग पोखरी क्षेत्रको सडक र उपत्यकाभित्रका नदी किनारका बढी प्रभावित करिडोर सडकमा यातायात सहज रूपमा सञ्चालनमा केही समस्या रहेको प्रतिक्रिया दिए। करिडोर सडकमा खोलाबाट पसेको हिलो पन्छाउने काम तदारुकताका साथ भइरहेको छ ।

उनले भने, “काठमाडौँ उपत्यका प्रवेश गर्ने कुनै पनि नाका खुलेको छैन । बिपी राजमार्गको काभ्रेभञ्ज्यङ खण्डमा सडक भत्किएको छ भने दोलाल घाटतर्फ जाने सडक पनि सञ्चालनमा छैन ।” पृथ्वीराजमार्गको झ्याप्ले खोलालगायत बाहिरका सडकमा खसेको पहिरो पन्छ्याउने काम भइरहेको छ । सुरुआती समयमा एक सय स्थानमा सडक अवरुद्ध भएकामा अहिले करिब ४० स्थानमा खुलाइसकिएको छ ।

समग्रमा उपत्यकाभित्रको सवारी व्यवस्थापनमा अहिले असहज अवस्था नरहेको बताउँदै प्रवक्ता ढकालले आसन्न चाडपर्वलाई समेत दृष्टिगत गरी युद्ध स्तरमा खटिएर देशभरको सडकमा यथाशक्य छिटो यातायात सञ्चालन गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए ।

  • Related Posts

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका क्षेत्रमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। रुबीभ्याली गाउँपालिका–१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल आइतबार अनियन्त्रित भई वडा नम्बर ३…

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 39 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 33 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 46 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 193 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 57 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 55 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ