विश्व प्राणी दिवसको अवसरमा राजधानीमा शान्ति ¥याली


कालोझोला संवाददाता

काठमाडौँ, असोज १८ गते । विश्व प्राणी दिवसको अवसरमा राजधानीमा बलिभोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा शान्ति ¥याली कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। हेभेल्ली निर्भाणापाथ(स्वर्गिक मार्ग संघ) नेपाल काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला शाखाले संयुक्त रुपमा आयोजना गरेको उक्त ¥यालीको शान्तिबाटिकाबाट सुरु भई भद्रकालि, सहीदगेट, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलमा आई कोणसभामा रुपान्तरण भएको थियो । ¥यालीमा स्वर्गिक मार्ग संघ नेपालका नारी, युवा तथा इकाईबाट उल्लेख्य सहभागिता रहेको थियो ।


मानवझै पशुपंक्षी तथा अन्य प्राणीहरुले समेत निर्वाह रुपमा बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै पशुवलि र प्राणी हत्या नगरौँ भन्ने जनचेतनामूलक प्लेकार्ड र ब्यानरसहित ¥यालीमा करिब ३०० जनाको सहभागिता रहेको थियो ।
नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालको प्रमुख अतिथिमा सम्पन्न उक्त कार्यक्रममा स्वर्गिक मार्ग संघ नेपालका उपाध्यक्ष शोभा राईको सभापतित्वमा भएको थियो । स्वर्गिक मार्ग संघ नेपालका ललितपुर जिल्ला अध्यक्ष सुजनादेवी राई, स्वर्गिक मार्ग संघ नेपालका भक्तपुरका सचिव भैरव राई, स्वर्गिक मार्ग संघ नेपालका केन्द्रीय सचिव सुष्मा बूढामगर, केन्द्रीय सदस्य रमेश नाल्बो, काठमाडौँ जिल्ला उपाध्यक्ष जितकुमार राई, शोभा राई र हरिकला राई, सचिव अरुण सुनुवारलगायतको सहभागिता रहेको थियो ।
स्वर्गिक मार्ग संघका विभिन्न शाखा, इकाईहरुले नेपालका विभिन्न जिल्लाहरुमा र विदेशमा समेत आजकै दिनमा विश्व प्राणी दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भएको स्वर्गिक मार्ग संघ गोकर्णेश्वर नगर इकाईका अध्यक्ष दिनेशचन्द्र खनालले जानकारी दिनुभयो ।

  • Related Posts

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका क्षेत्रमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। रुबीभ्याली गाउँपालिका–१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल आइतबार अनियन्त्रित भई वडा नम्बर ३…

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 35 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 29 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 42 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 188 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 53 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 50 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ