बन्चरोले हानेर श्रीमतीको हत्या 

कैलाली । कैलालीमा एक पुरुषले बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको चुरे गाउँपालिका-६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बिहीबार राति १ बजे डम्बरले श्रीमती हिरादेवीको बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । अहिले बन्चरो प्रहार गर्ने श्रीमान्लाई इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको छ।

हिरादेवीको शव पोस्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।

  • Related Posts

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै…

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    काठमाडौँ । अहिलेसम्म, बी-कोशिकाहरूलाई शरीरको प्रतिरक्षा प्रणालीको सुरक्षा गार्डको रूपमा हेरिन्थ्यो, बाहिरी रोग पहिचान गर्ने र एन्टिबडीहरू उत्पादन गरेर उनीहरूसँग लड्न मद्दत गर्ने रुपमा हेरिन्थ्यो । यद्यपि, वैज्ञानिक जर्नल सेलमा…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 19 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 21 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 19 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 31 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 25 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 20 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का