‘ललितकला, प्रज्ञाप्रतिष्ठानमा एकरूपता हुनुपर्ने’: मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमातहतका प्रतिष्ठानहरूको काममा एकरूपता हुनुपर्नेमा जोड दिएका छन् । 

पर्यटन मन्त्रालयमा आज नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले कतिपय प्रतिष्ठान नाम मात्रैका रहेका, कहीँ कानुनको अभाव र कहीँ भवनको अभाव भएकाले प्रतिष्ठानहरूमा एकरूपता कायम गर्ने गरी व्यवस्थित गर्न अपरिहार्य भएको बताए । 

पर्यटनमन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरूबीच तालमेल नभएको बताउँदै प्रतिष्ठानको कार्यमा एकरूपता कायम गर्न केन्द्रका प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हातम्छालीले गत आवमा सात वटै प्रदेशमा ललितकला प्रदर्शनी गरिएका र प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारले विधागत रूपमा भाग लिएका बताए । उनले गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेला आयोजना गरिएको तथा दाङलाई ‘सेरामिक्स हब’का रूपमा विकास गर्ने सोचका साथ काम भइरहेको जानकारी दिए । प्रष्ठिानमा स्थायी कर्मचारी र बजेट अभावलगायत विषयमा उनले पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 76 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 50 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 73 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 79 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 114 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 100 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-