प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली अपरिहार्य भयो : रवि किरण हमाल

सुर्खेत । राप्रपा केन्द्रीय सदस्य रवि किरण हमालले देश गम्भीर संकटतर्फ उन्मुख भएको बेला राप्रपाले कर्णाली जागरण अभियान सञ्चालन गर्नुको महत्त्व अर्थपूर्ण रहेको दाबी गरेका छन् ।

उनले पश्चिम सुर्खेतको बाबियाचौरमा आयोजित जनसभालाई सम्बोधन गर्दै काठमाडौँको बन्द कोठाभित्र बसेर प्रधानमन्त्री चयन गर्ने परिपाटीको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जानुपर्नेमा सबै सहमत हुन आग्रह गरेका छन् ।

नेतृत्वको क्षमता र नियत, शासकीय स्वरूप र राप्रपा कमजोर भएका कारण देश बन्न नसकेको उनले बताएका छन् । पश्चिम सुर्खेतको बाटो नबनेको कारण कति किलो धुलो खानुभयो भन्दै किरणले प्रश्न समेत गरेका छन् । उनले काङ्ग्रेस उपसभापति पूर्ण बहादुर खड्कालाई बाटोको अवस्था कस्तो छ भन्ने कुरा ३० वर्ष लाग्छ भन्दै प्रश्न गरेका छन् ।

राप्रपाको नेतृत्वमा इमानदारिता र भिजन छ, अब देशलाई उन्नत राष्ट्र निर्माण गर्ने अभिभारा पूरा गर्न सबै जनतालाई साथ दिन उनले अपिल गरे।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 11 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 15 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 19 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 10 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 23 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि