नेपाल जापानसँग ९-२ गोल अन्तरले पराजित

काठमाडौँ । नेपाल एएफसी यु-१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा जापानसँग ९-२ गोलले पराजित भएको छ ।

बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम राख्दै जीत दर्ता गरेको हो ।

नेपालले खेलको १२ औँ मिनेटमा सविनकुमार मगरको गोलमार्फत सुरुवाती अग्रता लियो । सुवास बमको क्रसलाई सदुपयोग गर्दै सविनले जापानलाई चकित पार्दै गोल गरे । तर, जापानले छिट्टै पुनरागमन गर्दै १७ औं मिनेटमा दाइची तानीको गोलबाट खेल बराबरीमा ल्यायो। तानीले ३८ औं र ४३ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे ।

जापानका लागि हिरोता असादाले पनि १९ औं मिनेटमा गोल गर्दै अग्रता बढाए र पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल थप्दै जापानलाई ५–१ को अग्रता दिलाए । दोस्रो हाफमा जापानले आफ्नो दबाब झनै बढायो, जहाँ तानीले ६१ औं मिनेटमा चौथो गोल गरे र असादाले ६४ औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

७३ औं मिनेटमा मिबुकी कासाइले अर्को गोल थपे भने कैजी चोनानले ७७ औं मिनेटमा गोल गर्दै जापानको गोलसंख्या ९ बनाए । नेपालका तर्फबाट बिग्यान खड्काले ८८ औं मिनेटमा अर्को गोल गरे तर त्यो मात्र सान्त्वना गोलमा सीमित रह्यो ।

यो जीतसँगै जापानले समूह ‘एफ’मा आफ्नो तीन अंक सुनिश्चित गरेको छ। नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार कतारसँग प्रतिस्पर्धा गर्नेछ भने जापानले मंगोलियासँग खेल्नेछ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 102 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 96 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 75 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 107 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 66 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 97 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-