शुक्लाफाँटामा ६ करोडको खानेपानी आयोजना अन्तिम चरणमा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-२ मा निर्माणाधीन खानेपानी आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको र नगरपालिकाको ५०/५० प्रतिशत अनुदानमा गरी रु छ करोड ८० हजार चार सय १४ मा ठेक्का प्रक्रिया मार्फत खानेपानी आयोजना निर्माण अगाडी बढाइएको छ ।

आयोजना निर्माणको ठेक्का सम्झौता विसं २०८० वैशाख २७ गते भएकोमा निर्माण विसं २०८१ असार १८ गते भित्र गरिसक्नु पर्ने थियो । निर्माण निर्धारित समय भित्रै गर्न नसकिए पछि म्याद थप गरी कार्य भइरहेको छ । नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीका अनुसार खानेपानी आयोजनका लागि बोरिङ ड्रिल गर्ने कार्य पुरानै दुई सय २५ घन मिटरको टाङकी निर्माण अन्तिम चरणमा पुगेको छ ।

डेढ तले कार्यालय भवन र पर्खाल निर्माणको कार्य पुरानै रङगरोगन,विद्युत् जडानको कार्य भइरहेको छ । उपभोक्ताको घर घर सम्म खानेपानी पुर्‍याउनका लागि २२ दशमलव ९७ किलोमिटर पाइपलाइन बिछ्याउने कार्य पुरा भएको शाखा प्रमुख धामीले बताए। एक सय ६१ मिटर ट्रान्समिसन पाइपलाइन विछयाउने कार्य पुरा भएको छ । ठेक्का सम्झौता अनुसार पाँच सय ८५ उपभोक्ताको घरसम्म पाइपलाइन जडानदेखि धाराको टुटी जडान गर्ने योजना रहेको छ ।

वडाका ढकनियाँ, रानीपुर, लक्ष्मीपुर लगायतका गाउँका बासिन्दाको घर घर सम्म खानेपानी पुर्‍याउने लक्ष्य राखिएको छ । आयोजनाको भौतिक प्रगति ८० प्रतिशत रहेको छ ।

  • Related Posts

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    काठमाडौँ  । थापाथलीस्थित बागमती नदी किनाराका घर टहरा खाली गरेर भत्काएपछि काठमाडौँको गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु गरिएको छ । सो क्षेत्रमा यसअघि नै खाली गराउन माइकिङ गरिएको थियो…

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने पाल्पा…

    पहिलो

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 12 views
    • April 25, 2026
    • 17 views

    थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो

    • April 25, 2026
    • 14 views
    थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो

    इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनीरबीच भेटवार्ता

    • April 25, 2026
    • 12 views
    इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनीरबीच भेटवार्ता

    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    • April 25, 2026
    • 25 views
    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    • April 25, 2026
    • 22 views
    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !