अष्ट्रेलियामा ‘नेपाल महोत्सव’ हुँदै

काठमाडौँ । आगामी मङ्सिर ८ गते अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुने भएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने महोत्सव डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुने भएको हो ।

नेपाली कला संस्कृति रीतिरिवाज तथा नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गरी अष्ट्रेलियामा बस्ने नेपालीबीच सद्भाव एकता र भाइचारा बढाउन महोत्सव आयोजना गरिएको आयोजक समिति एनआरएनए एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले जानकारी दिए ।

करिब ५० हजार दर्शकले अवलोकन गर्ने महोत्सवको तयारी छ महिना अगाडिबाट गरिएको हो । नेपाली परम्परा, संस्कृति, वेशभूषा र खानालाई बाहिरी मुलुक र समाजसँग परिचित गराउने मुख्य अभियान रहेको उनको भनाइ छ ।

यो महोत्सवले देश चिनाउने अवसरसँगै नेपाली समाजलाई एकसुत्रमा बाँध्ने कामका साथै बहुसांस्कृतिक समुदायलाई नेपाली समाजसँग चिरपरिचित गराउन मद्दत गर्ने संयोजक कुँवरले बताए । “यसपालिको महोत्सवमा अष्ट्रेलियामा बढ्दो पछिल्लो पुस्ता अर्थात् यहाँ जन्मेका नेपाली बालबालिकालाई नेपाल के हो भनेर चिनाउने र एक दिन भए पनि नेपाली पोसाकमा सजिएर नेपाली झण्डा बोक्दै म नेपाली हो भनेर चिनाउने मौका पाउँछन्”, उनले भने, “अष्ट्रेलियाको उच्च राजनीतिक तहमा हाम्रो समुदायको उपस्थिति प्रदर्शन गर्ने यो एउटा गतिलो अवसर हो ।”

कुँवरका अनुसार महोत्सवस्थल तोमलोङ पार्कमा १४ वटा खाद्य स्टल र चाइनिज गार्डेनमा थप ३५ वटा स्टल रहने छन् । नेपाली समुदायका गतिविधि, व्यापारिक उत्पादन, शैक्षिक परामर्श, नेपाली खाना ढिँडो, गुन्द्रुक, मःमः सेल रोटीलगायत, नेपाली हस्तकलासम्बन्धी सामान प्रदर्शन गरिने छ ।

यसपालि बागमती हस्तकलाले विशेष ‘ह्याण्डीक्राफ्ट’ प्रदर्शनी गर्ने उनको भनाइ छ । महोत्सवको लागत करिब दुई लाख ५० हजार डलर अनुमान गरिएको छ ।

  • Related Posts

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 81 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 114 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल