प्रतिवन्धित लागु औषध चरेश सहित तीन जना मानिसहरू पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ कार्तिक । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा वडा प्रहरी कार्यालय, श्रीपुर ले विशेष सूचनाको आधारमा बुधबार राती करिव ०५:४५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वा होटल अगाडी चालिस फिट्टे सडकखण्ड बाट प्रतिवन्धित लागु औषध चरेश सहित तीन जनालाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति उल्लेखित स्थानमा लागु औषध खरिद विक्री भैरहेको ‍छ, भने विषेश सूचनाको आधारमा ती कार्यालय हरु बाट खटिएको संयुक्त प्रहरी टोलीले सो स्थानमा ना. १५ प ११५६ नम्बरको मोटरसाईकल मा सवार बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ०४, हरिहरपुर बस्ने बर्ष २० को रामलाल सहनी र वर्ष २९ को मकसुद अन्सारी तथा भारतको विहार राज्यको जिल्ला मोतिहारी, थाना आदापुर, ग्राम रामपुर वडा नं. ०९ बस्ने बर्ष २९ कै मुकेश कुमार ले बोकेको कालो ब्याग र सेतो प्लाष्टिकको बोरा ति लागु औषध बरामद गरिएको हो ।

उनीहरू संग रहेको थैलीहरु संकाष्पदरूपमा लिएर बसेको अवस्थामा खटिएको प्रहरी टोलीले कानूनी रीतपुर्‍याई निजहरूले बोकेको ब्याग र बोरा जाँच गर्दा सो ब्याग र बोराभित्र लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ ४५ प्याकेटमा प्रति प्याकेट ५ सय ग्रामका दरले २२ के. जी. ५ सय ग्राम फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा बिहीबार सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 28 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 27 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 38 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 185 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 51 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 48 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ