भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो

भद्रपुर (झापा)। ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नाराका साथ आन्तरिक राजस्व कार्यालय भद्रपुरले आज राष्ट्रिय कर दिवस मनाएको छ । राष्ट्रिय कर दिवस मङ्सिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

मूल्य अभिवृद्धि कर अर्थात् आधुनिक एवं वैज्ञानिक कर प्रणालीको सुरुवात भएको दिन विसं २०५४ मङ्सिर १ गते स्मरण गर्दै राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । कार्यालयद्वारा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले देशको कर प्रणालीलाई सही र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि राजश्व प्रशासनको महत्त्वपूर्ण भूमिका हुने बताए । कार्यालयले ‘बिलिङ’लाई प्रभावकारी बनाउन निरन्तर बजार अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।

कार्यालयका निमित्त प्रमुख एवं कर अधिकृत डोरराज सुनुवारले कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, करसम्बन्धी जनचेतनामूलक कार्यक्रम, करदातालाई सम्मान गर्नेलगायत कार्यक्रम सञ्चालन हुने जानकारी दिए । राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्लास्थित विभिन्न उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा करदाता उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।

  • Related Posts

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा…

    थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

    काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि डोजर चलाइएको छ । यस अघि नै बस्ती हटाउने तयारीसँगै कडा सुरक्षा व्यवस्थाका बीच डोजरले घर तथा टहरा भत्काउन शुरु गरेको हो…

    पहिलो

    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    • April 25, 2026
    • 14 views
    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    • April 25, 2026
    • 15 views
    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    अमेरिकामा गर्भवती महिलालाई वर्क फ्रम होम नदिने कम्पनिलाई करोडौं जरीवाना !

    • April 25, 2026
    • 13 views
    अमेरिकामा गर्भवती महिलालाई वर्क फ्रम होम नदिने कम्पनिलाई करोडौं जरीवाना !

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    • April 25, 2026
    • 13 views
    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    आइपिएलमा आज दुई खेल हुदै

    • April 25, 2026
    • 19 views
    आइपिएलमा आज दुई खेल हुदै

    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

    • April 25, 2026
    • 19 views
    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?