महाबु गाउँपालिका अध्यक्ष पदमा पाँच दलद्वारा उम्मेदवारी दर्ता 

काठमाडौँ । दैलेखका महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि पाँच वटा दलले मनोनयन दर्ता गराएका छन्।

आइतबार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एस) र राष्ट्रिय स्वतन्त्र पार्टीले मनोनयन दर्ता गराएका हुन्।

नेपाली काँग्रेसबाट झलकबहादुर भण्डारी, नेकपा एमालेबाट जंगबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट जंगबहादुर बराल, नेकपा एकीकृत समाजवादीबाट जगत हमाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश बुढाले उम्मेदवारी दर्ता गराएका हुन्।

एमालेबाट उम्मेदवार बनेका शाही यसअघि २०७४ मा नेकपा एमालेबाट महाबुको अध्यक्ष बनेका थिए। २०७९ को निर्वाचनमा उनी एकीकृत समाजवादीबाट उम्मेदवार बनेर पराजित भएका थिए। अहिले केही समयअघि मात्र एमालेमा फर्किएर उनी पुनः महाबुको अध्यक्ष उम्मेदवार बनेका हुन्।

यसअघि नेपाली काँग्रेसबाट निर्वाचित महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको २०७९ माघ २७ गते मृत्यु भएको हो।

  • Related Posts

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    काठमाडौँ  । थापाथलीस्थित बागमती नदी किनाराका घर टहरा खाली गरेर भत्काएपछि काठमाडौँको गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु गरिएको छ । सो क्षेत्रमा यसअघि नै खाली गराउन माइकिङ गरिएको थियो…

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने पाल्पा…

    पहिलो

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 14 views
    • April 25, 2026
    • 20 views

    थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो

    • April 25, 2026
    • 17 views
    थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो

    इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनीरबीच भेटवार्ता

    • April 25, 2026
    • 15 views
    इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनीरबीच भेटवार्ता

    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    • April 25, 2026
    • 26 views
    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    • April 25, 2026
    • 23 views
    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !