नेपालले कर्नाटकलाई १२१ रनले हरायो 

काठमाडौँ । एसिसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली यू-१९ टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँगको पाँचको खेलको सिरिजमा अग्रता लिएको छ।

आइतबार मुलपानीमा भएको तेस्रो खेलमा नेपाली टोलीले १ सय २१ रनको जित निकालेसँगै सिरिजमा २(१ को अग्रता लिएको छ। यसअघि नेपालले दोस्रो खेल जित्दा पहिलो खेलमा कर्नाटक विजयी भएको थियो।

आइतबार नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याएको कर्नाटक ४०.२ ओभरमा १६१ रनमा अलआउट भयो।

कर्नाटकका लागि ओपनिङ ब्याटर गगन रावले सबैभन्दा बढी ४६ रन जोडे। बलिङमा नेपालका नरेन साउदले ४ विकेट लिए। उनले ९।२ ओभरमा १ मेडन राख्दा २५ रन दिए।

युवराज खत्रीले ३ विकेट लिए भने अपराजित पौडेलले १ विकेट लिए।

त्यसअघि कर्नाटकले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा २८२ रन जोड्यो।

उनले नेपालका लागि तीन ब्याटरले अर्धशतक प्रहार गरे। ओपनिङ ब्याटर मयन यादवले ९८ बल खेलेर ६ चौका र २ छक्का प्रहार गरेर ५८ रन बनाए।

रोशन विकले नटआउट ८१ रन र उत्तम मगरले ५२ रन बनाए। रोशनले ५७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दा उत्तमले ४४ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

ओपनर आकाश त्रिपाठीले २६ रन, अर्जुन कुमालले २७ र नरेन भट्टले १४ रन बनाए। दिलसाद अलि ३ रनमा आउट भए।

बलिङमा कर्नाटकका लागि ध्रुव वासु र लोहित एसले २/२ विकेट लिए। अब नेपाल र कर्नाटकबीच मंसिर ४ र मंसिर ६ मा बाँकी खेल हुनेछन्।

नेपालले एसिया कपको तयारीका लागि कर्नाटकसँग पाँच खेलको एक दिवसीय सिरिज खेलेको हो।

यू-१९ एसिया कप मंसिर १४ देखि युएईमा सुरु हुँदैछ। एसिया कपमा नेपालले समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले आफ्नो पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने कार्यक्रम छ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन्।

नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन छन्। नेपाली टोलीमा कप्तान हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी,दिलसाद अलि र रञ्जित कुमार छन्।

एसिया कपमा नेपालले मंसिर १४ मा श्रीलंकासँग खेलेपछि दोस्रो खेल मंसिर १६ मा बांङ्लादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 87 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 84 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 67 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 101 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 64 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 91 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-