खुला विश्वविद्यालयको तालाबन्दीबारे निर्णय लिन कार्यकारी परिषद्को बैठक बस्दै

काठमाडौँ । खुला विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीले ताला लगाएपछि माग सम्बोधन गर्न कार्यकारी समितिको बैठक बस्ने भएको छ ।

स्थायी प्रक्रिया अगाडि बढाउनुपर्ने, सेवा सुविधाको व्यवस्था हुनुपर्ने माग राखेर प्राध्यापक र कर्मचारीले ताला लगाएका हुन् ।

माग सम्बोधन भए उपकुलपति र रजिस्ट्रार कार्यालयको मूल ढोकामा लगाइएको ताला खोल्ने संघर्ष समितिले जनाएको छ । आन्दोलनमा प्राध्यापक र कर्मचारी गरी ३५ जना छन् ।

खुला विश्वविद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक कर्मचारी छैनन् । ०७५ मा विज्ञापन खोलेर लिखित, प्रयोगात्मक र मौखिक तीनवटै प्रक्रिया पूरा गरेर करारमा नियुक्ति गरिएको थियो ।

तर, स्थायीको प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन । सामाजिक सुरक्षा, पेन्सन उपदान र बिमाबाट पनि वञ्चित भएको संघर्ष समितिको भनाई छ ।

विश्वविद्यालयको सातौँ सिनेटले स्थायी गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । तर, अहिलेसम्म पनि उपकुलपति शिलु बज्राचार्यले प्रक्रिया अगाडि नबढाएको आन्दोलनरत प्राध्यापक र शिक्षकको गुनासो छ ।

  • Related Posts

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा शंकास्पद रुपमा श्रीकृष्ण विकको मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले…

    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    काठमाडौँ । निजी क्षेत्रका तीन प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। व्यवसायी शेखर गोल्छा पक्राउ…

    पहिलो

    नेशनल मेडिकल कलेज द्वारा आदर्श कोतवाल गाउँपालिकामा “निःशुल्क बृहत स्वास्थ्य शिविर” सम्पन्न, हजारौं बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • April 24, 2026
    • 59 views
    नेशनल मेडिकल कलेज द्वारा आदर्श कोतवाल गाउँपालिकामा “निःशुल्क बृहत स्वास्थ्य शिविर” सम्पन्न, हजारौं बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    • April 24, 2026
    • 29 views
    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    • April 24, 2026
    • 20 views
    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

    • April 24, 2026
    • 24 views
    अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

    अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ

    • April 24, 2026
    • 15 views
    अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ