नेप्से परिसूचक घटेर बन्द

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार अर्थात गत आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक ३३.०८ अंक घटेर २५७६.५० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४४ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ४७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ६९ हजार ९२३ पटकको कारोबारमा ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन शेयरमूल्य बढेका ४९ स्टकमध्ये कुनै पनि स्टकको मूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छैन। यस दिन नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.०१ प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ प्रतिशत बढेको छ। यस दिन ४ स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, जानकी फाइनान्स, पोखरा फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ५.१९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन व्यापार र विकास बैंक उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

  • Bishnu Timalsina

    Related Posts

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    इराकमार्फत इरानले ब्यापार गर्दै

    काठमाडौं । अमेरिकाको नाकाबन्दीका कारण इरानमा सामान ढुवानी गर्न कठिनाइ बढ्दै गएको छ । वैकल्पिक मार्गको खोजीमा इरानले सुरुआतमा ओमानको खासाब बन्दरगाह प्रयोग गर्न थालेको भए पनि त्यहाँ जहाजहरूको चाप…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 78 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 113 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल